काठमाडौं । नेपाल लगायत केही देशमा टिकटक बनाउनु अहिले फेसन नै बनेको छ । बालबालिकादेखि युवायुवतीसम्म टिकटकमा रमाइरहेको भिडियो सबैतिर देख्न पाइन्छ ।
तर, कतिपय देशमा टिकटक बनाएको आरोपमै जेल जानुपर्ने हुन्छ । अझ ती देशले भराउने चर्को जरिवाना रकमले झन् जो कसैले टिकटक बनाउने हिम्मत गर्दैनन् ।
हालै मिश्रमा एक २२ वर्षीया छात्रा इनफ्लूएंसर मवादा अल अदमलाई त्यहाँको पारिवारिक मूल्य मान्यता उल्लंघन गरेको आरोपमा दुई वर्षका लागि जेल पठाइएको छ ।
टिकटक र इन्टाग्राममा एक चर्चित गीतमा उनले फेसनेवल कपडा लगाएर ‘लिप–सिंक’ गरी नाचेको भिडियो पोष्ट गरेपछि उनलाई गत मे महिनामा गिरफ्तार गरिएको थियो । अभियोक्ताले उनको भिडियोको अभद्र मानेका थिए ।
मवादा ती पाँच केटीहरुमध्ये एक हुन्, जसलाई उस्तै जेल सजाय दिइएको छ । यसको साथै यिनीहरुलाई करीब २० हजार डलर जरिवाना पनि लगाइएको छ । यी पाँच जनालाई ‘टिकटक गर्ल’ भन्ने गरिन्छ । यिनीहरुमध्ये एक जना सोशल मिडिया स्टार हनीन होसाम हुन् भने बाँकी तीन युवतीहरुको नाम दिइएको छैन ।
दिदीको गिरफ्तारीले आफूहरु तनावमा परेको अदम की बहिनी रहमा बताउँछिन् । उनी भन्छिन्, मेरी दिदीले केही गल्ती गरेकी छैनन् । उनी केवल चर्चित हुन चाहन्थिन् ।’ बीबीसी हिन्दी