• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

सयपत्रीले बदलेको गाउँको दृश्य

मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

"सम्पादकीय "

  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
  • सामान्यतः लोकतन्त्र रहेको मुलुकमा प्रेस स्वतन्त्रताको पक्षमा वातावरण रहन्छ । त्यसको तुलनामा अधिनायकवादी वा तानाशाही व्यवस्था रहेको मुलुकमा प्रेस स्वतन्त्रता रहँदैन, सामन्ती शासनमा त प्रेस स्वतन्त्रता रहने कुरै भएन । त्यसैले राजतन्त्रात्मक मुलुकमा प्रेस स्वतन्त्रता रहन्न । निरङ्कुश राजतन्त्रात्मक मुलुकको तुलनामा वैधानिक राजतन्त्र भएको मुलुक बढी प्रेस स्वतन्त्रता हुन्छ । बेलायत त्यसको उदाहरण हो । त्यसबाहेक सैनिक वा गैरसैनिक कुनै पनि अधिनायकवादी वा तानाशाही व्यवस्थामा प्रेस स्वतन्त्रता रहँदैन । त्यसका विपरीत जहाँ लोकतन्त्र, संविधानवाद र विधिको शासन रहन्छ, त्यहाँ प्रेस स्वतन्त्रता रहन्छ । २०७२ सालको संविधानअनुसार नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । हाम्रो देशको संविधानमा नै प्रेस स्वतन्त्रता उल्लेख छ । संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको छ भने संविधानका धारा १७, १९, २७ र २८ मा प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्था गरिएका छन् । त्यसमा पूर्ण प्रेस स्वतन्त्रता अर्थ यसरी लगाइएको छ– समाचार सामग्री प्रकाशन गरेकै आधारमा कुनै सञ्चारमाध्यमको दर्ता खारेज गरिने छैन र सञ्चारसामग्री जफत् गरिने छैन । समाचार सामग्रीप्रति कसैको गुनासो भए प्रेस काउन्सिलमा उजुरी दिन सकिने कानुनी व्यवस्था छ ।

    Advertisement

    संविधान र ऐनकानुनमा यस प्रकारका व्यवस्था भए पनि व्यवहारमा भने नेपालमा पटकपटक प्रेसमाथि आक्रमण भइरहेको छ । समाचार लेखेकै कारणले पत्रकारले ज्यान गुमाउनुपर्ने, गिरफ्‌तार हुनुपर्ने, धम्की सहनुपर्ने वा असामाजिक तङ्खवको निसानामा पर्नुपर्ने अवस्था छ । यस खालको असुरक्षाको समस्यालाई सरकारले अझैसम्म समाधान गर्न सकेको छैन । पछिल्लो समयमा त सरकार नै प्रेसको विरुद्ध देखिएको छ । केही समयपहिले जनआस्थाका मिडियाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई सरकारले पक्राउ गर्‍यो । त्यो नयाँ विषय थिएन, नयाँ विषय त यो थियो, जुन समयमा पत्रकार श्रेष्ठ प्रहरी हिरासतमा थिए, त्यतिबेला जनआस्थाका सञ्चारसामग्री जफत् गरिएको थियो । यही कात्तिक १३ गते फेरि सरकारले त्यही तरिका दोहोर्‍यायो । त्यस दिन नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल र डिएनए खबरका धीरज बस्नेतलाई गिरफ्‌तार गरियो भने नयाँपत्रिकाका पत्रकार नवराज मैनाली, दियोपोस्टका प्रधान सम्पादक सुदीप विश्वकर्मालाई पक्राउ गर्न प्रहरी न्युजरुममै छिर्‍यो । पछिल्लो समय मिडियामा प्रकाशित समाचारअनुसार प्रधानमन्त्री कार्यालायले २८ जना पत्रकारको गिरफ्‌तारी योजना बनाएको, त्यसमध्ये सर्टलिस्ट गरेर सात पत्रकारको गिरफ्‌तारी योजना बनाइएको खुलेको छ । यी सबै योजना समाचारको स्रोत बुझ्‌नका लागि बनाइएको थियो । यो निकै गम्भीर कुरा हो ।

    पत्रकारितामा स्रोतको रक्षा आधारभूत आदर्श हो । न राज्यपक्ष वा अरू कसैले, न त स्वयम् पत्रकारले नै स्रोतको गोपनीयता भङ्ग गर्न सक्दछ । जब स्रोतको गोपनीयताको रक्षा हुन सक्दैन, तब पत्रकारिताको आभारभूमि नै भासिन्छ । त्यसकारण पत्रकारले आफूलाई सिध्याएर भए पनि स्रोतको रक्षा गर्नुपर्ने हुन्छ । विश्वमा जुनकुनै देशले यदि वास्तवमै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न चाहान्छ भने उसले समाचारका स्रोतको संरक्षणलाई मान्यता दिन्छन् । संविधानतः नेपाल त्यस्तै देशको कोटिमा पर्दछ तर पछिल्लो समयमा हामीकहाँ स्वयम् राज्यपक्ष नै समाचारको स्रोत पत्ता लगाउन पत्रकारको गिरफ्‌तारी गरिरहेछ । यस खालको प्रेस स्वतन्त्रता विरोधी क्रियाकलाप निरङ्कुश पञ्चायती व्यवस्था वा जहानियाँ राणाशासनमा पनि कमै हुने गर्दथ्यो । न्युजरुममै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्नु र त्यसरी स्रोत पत्ता लगाउनु जुनसुकै आवरणमा भए पनि त्यो अधिनायकवाद हो, निरङ्कुशता हो । अहिलेको सरकारले खासमा यस्तै अधिनायकवादी वा निरङ्कुशताको अभ्यास गरिरहेको छ । उसको यस्तो अभ्यास २०७२ सालको संविधान विपरीत छ । सरकारले आफूलाई संविधानको मातहतमा राखोस् अन्यथा यसको विरुद्ध आवाज उठाउनुको विकल्प छैन ।

    युगदर्शन साप्ताहिक, वर्ष १८, अङ्क ८, २०८३ कार्तिक १८ गते प्रकाशित

    बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मान्छेलाई जनावरझैँ जोतिएका युगहरू
    पर्यटन विकासको सम्भावना र सरकारको दायित्व
    प्रथम राष्ट्रिय जनजाति सभा सम्पन्न
    सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा
    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    • २.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ३.
      सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

    • ४.
      सयपत्रीले बदलेको गाउँको दृश्य

    • ५.
      मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

    • ६.
      राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

    • ७.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • ८.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.