• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक १८, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

सयपत्रीले बदलेको गाउँको दृश्य

मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. हैदरावादमा मृत्यु भएकी जानकीको प्युठान पठाइयो

  • ९. कवि

  • १०. १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

सयपत्रीले बदलेको गाउँको दृश्य


  •   बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
  • झापा, १८ कात्तिक । पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान् चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले आफ्ना माइतीको गलामा पहिर्याउँदा, सयपत्रीको माला पहिलो रोजाइ बन्ने गरेको छ ।

    Advertisement

    त्यही सुन्दर ‘सयपत्री फूलको गाउँ’ भनेर भद्रपुर नगरपालिका–९ र १० को भृकुटी टोललाई चिनिन थालेको छ । यहाँका हरेक घरको आँगन र सडक किनारमा लहरै सयपत्री फूल फूलेका छन् । फूल फुलेर गाउँ नै सुन्दर देखिएको छ ।

    स्थानीय भृकुटी युवा क्लबको पहलमा गाउँका हरेक आँगन र सडक किनारमा एक सयका दरले सयपत्रीको बोट हुर्काइएको थियो । अहिले ती बोटमा सयपत्री ढकमक्क फुलेका हुन् । क्लबको आग्रहमा गाउँका ५७ वटा घर अगाडि एक सय बोटका दरले कुल पाँच हजार ७०० वटा सयपत्रीको बोट हुर्काइएको टोलका अभिभावक रमेश पोखरेलले बताउनुभयो ।

    “हाम्रो गाउँ आउनुभयो भने हरेक घरको आँगन र सडकपेटीमा सयपत्री फुलेर पहेँलै भएको सुन्दर दृश्य हेर्न पाउनुहुन्छ,” उहाँले भन्नुभयो, “रोपी हेरौँ न त भनेर क्लबले अभियान चलाएको थियो । अहिले गाउँ नै सयपत्रीले धपक्कै उज्यालो भएको छ ।”

    स्थानीयवासीले सयपत्री हुर्काउन मेहनत गरेका थिए । तिहारमा चाहिनेभन्दा धेरै फूल उत्पादन भएकाले हाल स्थानीयले ती फूललाई बिक्री गरेर आयआर्जन गर्न थालेका छन् । आफूलाई पुगेर उभ्रिएको फूल बेचेर आम्दानी पनि हुँदा स्थानीयवासी हर्षित छन् । झापामा स्थानीय प्रशासनले यसपटक भारतबाट अवैध रूपमा सयपत्री फूल र प्लास्टिकका फूल आयात गर्न रोक लगाएका कारण स्थानीय फूलले बजार पाइरहेको छ ।

    पूर्वीनाका काँकडभिट्टा र धुलाबारीबाट चन्द्रगढी विमानस्थल जाने सडक सोही स्थानमा पर्ने भएकाले यहाँको फूलबारीले विदेशी पर्यटकको ध्यान खिच्ने गरेको छ । सो सडकमा हिँड्नेले गाडी रोकेर फोटो तथा भिडियो खिच्ने गरेका छन् । सयपत्री फूलकै कारण गाउँ नै भाइरल होला भनेर नसोचिएको पोखरेल बताउनुहुन्छ । हाल टाढा–टाढाबाट ‘टिकटक’ र ‘फेसबुक’का लागि भिडियो बनाउन परिवारसहित यो गाउँमा पुग्ने गरेका छन् ।

    फूलखेती गर्दै आउनुभएकी विर्तामोड–५ की सुष्मा पौडेलले झापामा दर्जनभन्दा बढी कृषक व्यावसायिक फूलखेतीमा सक्रिय रहेको बताउनुहुन्छ । उहाँका अनुसार निजी र व्यावसायिक दुवै किसिमको फूलखेतीले यसपालि राम्रो बजार पाउने सम्भावना छ । उहाँले झापामा प्रतिकेजी रु ५०० र प्रतिमाला रु १५० का दरले सयपत्री फूल बिक्री भइरहेको जानकारी दिनुभयो ।

    “फूलको अवैध आयात रोक्ने प्रशासनको निर्णयले स्थानीय फूलखेती गर्दै आएका किसानमा उत्साह बढेको छ,” उहाँ भन्नुहुन्छ, “किसानले तिहार नजिकिँदै गर्दा धमाधम अर्डर आइरहेको खुसीको खबर सुनाउने गर्नुभएको छ ।”

    बुधबार, कार्तिक १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
    सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..
    अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च
    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

    • २.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    • ३.
      सडकको कष्टदेखि आत्मीयताको छहारीसम्म ..

    • ४.
      सयपत्रीले बदलेको गाउँको दृश्य

    • ५.
      मान्छेलाई जनावरझैँ जोतिएका युगहरू

    • ६.
      राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

    • ७.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • ८.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.