काठमाडौँ । भारतीय सेनाअन्तर्गतको गोर्खाभर्ती पुन: सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
२०८३ कात्तिक १६ गते सोमबार भारतीय पूर्व सैनिक कल्याणकारी सङ्घको आयोजनामा काठमाडौँमा प्रदर्शन गरिएको हो ।
भारतले “अग्निपथ” योजना ल्याएपछि बन्द रहेको गोर्खाभर्ती खुलाउन अखिल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी सङ्घले माइतीघरमा प्रदर्शन गरेको छ ।
यसअघि साउन २७ गते पोखरामा पूर्वगोर्खा सैनिक र युवाले भर्ती खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए । त्यसैगरी भदौ ३ गते पनि भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपाल भ्रमणमा आएका बेलामा पनि पूर्वगोर्खा सैनिकले भर्ती खुलाउन पहल गर्न आग्रह गरेका थिए तर पनि भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा पनि भर्ती खुलाउने विषयमा ठोस सहमति भएको छैन ।
भर्ती खुलाउन माग गर्दै प्रदर्शनमा सहभागीले बेरोजगार नेपाली युवालाई भरपर्दो रोजगारको व्यवस्था गर्नसमेत माग गरेका छन् । उनीहरूले सचिवस्तरीय निर्णयलाई खारेज गरी पूर्व गोर्खा सैनिकको संस्था वा सङ्गठन दर्ता नवीकरण गर्ने व्यवस्था गर्न पनि माग गरे ।





