लक्ष्मण बेल्बासे ##
Advertisement
ठुलै कवि हुँ भन्छन्
कविता लेख्छन्
गुणगान गाउँछन्
त्रेतायुगमा योद्धा थिए
सधैँ पक्षमा थिए सत्यको
त्यस्तै हुनु भनिदिए नाम कविको
योद्धाको त्यो नाम द्वापरयुगमा
गुलामीको नाम बन्यो कलिमा
धन्य छन् कवि लेखी चढाउँछन् पाउमा
कपाल बढेको छ
छेकिएछ आँखामा
सिधा देख्छन्, देख्दैनन् पाखामा
लेख्छन् कविता
भाव चाकरीको
अझै कालो चस्मा त छैन
आशा छ कि भकारीको ?





