काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७०७ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । उपत्यकामा मात्रै २ सय जना सङ्क्रमित थपिएका छन् ।
Advertisement
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना सङ्क्रमित पछिल्लो २४ घण्टामा फेला परेका हुन् ।
मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा देशभर महिला १९२ र पुरुष ५१५ जना सङ्क्रमित थपिएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
होम आइसोलेसनमा ३ हजार ७ सय ७२ जना रहेको उनले बताए । निको हुने दर ६१ प्रतिशत, ११ हजार ८३२ पीसीआर परीक्षण, क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना छन् भने डिस्चार्ज हुने सङ्ख्या १७ हजार ९ सय ६४ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २६४ जना निको भई घर फर्किएका छन् ।