धनवीर पुनमगर, बुटवल ।
अखिल नेपाल जनजाति सम्मेलनको प्रथम राष्ट्रिय जनजाति सभा बैठक बुटवलमा सुरु भएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा २०८३ कात्तिक १२ गते बिहीबार उद्घाटन गर्दै सभाको बैठक सुरु भएको हो ।
राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेश कार्यालयस्थित सभाकक्षमा आयोजित कार्यक्रमको प्रारम्भमा महामन्त्री सिंहले गमलामा पानी हालेर गर्नुभएको थियो ।
सम्मेलनका अध्यक्ष निमबहादुर बुढामगरको अध्यक्षता तथा महासचिव अमरध्वज रानाको सञ्चालनमा अगाडि बढेको बैठकको उद्घाटन सत्रमा सहभागीलाई उपाध्यक्ष कुलबहादुर थापाले मन्तव्यसहित स्वागत गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारले साङ्गीतिक प्रस्तुतिमार्फत स्वागत गरेका थिए ।
कार्यक्रममा राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो सल्लाहकार पुरुषोत्तम कँडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कार्यवाहक अध्यक्ष धनपति सापकोटा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुल्सिराम सापकोटा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य नरमती सिँजाली, अखिल नेपाल बुद्धिजीवी सङ्घका दुर्गानाथ खरेल, रक्तिमका दिलिप रसाइली, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का सचिव चुरामणि भुसाल, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका उपाध्यक्ष पदम श्रेष्ठ, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य तथा नेसनल मल्टिप्रपोज इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष ढुण्डीराज शर्मालगायतको आतिथ्य र मन्तव्य रहेको थियो।
सभाको बैठक तीन दिनसम्म चल्ने अध्यक्ष बुढाले युगदर्शनलाई जानकारी गराउनुभयो । उद्घाटन सत्रपछि दिउँसो ३ बजेदेखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ र उक्त प्रशिक्षण भोलि दिउँसो १२ बजेसम्म चल्ने उहाँले बताउनुभयो ।
आजको प्रशिक्षण कार्यक्रममा महामन्त्री सिंह, अखिल नेपाल बुद्धिजीवी सङ्घका दुर्गानाथ खरेल र अखिल नेपाल कानुन व्यवसायी सङ्घका चुरामणि भुसालले प्रशिक्षण दिनुभएको छ ।
भोलि कात्तिक १३ गते बिहान हुने प्रशिक्षणको पहिलो कक्षा राजमो अध्यक्ष चित्रबहादुर केसीले, दोस्रो कक्षा महामन्त्री सिंहले र तेस्रो कक्षा जनजाति नेता मोहन थापाले सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।






