खिमराज चालिसे, चन्डिगढ ।
भारतको केन्द्रशासित प्रदेश लेहलद्दाखबाट तिहार मनाउन घर फर्किदै गरेका नेपालको रोल्पा लुङग्री गाउँपालिका–६ गुम्चालका चार जना युवाहरू चण्डीगढ बसपार्कनजिकै लुटिएका छन् ।
तीन जना नेपालद्वाराले नै जम्मुबाट सँगै आएर चन्डिगढमा आइपुग्दा उनीहरूलाई लुटिएका हुन् ।
अक्टोबर २६, २०२६ का दिन आफूलाई सल्यानको बताउने तीन जना अज्ञात नेपालीहरूले जम्मुबाटै विश्वासमा पारेर उनीहरूलाई अक्टोबर २७ का दिन चन्डिगढ ल्याई बसपार्कको नजिकै सुनसान क्षेत्रको ढाबामा पुर्याएका थिए । ढाबामा जुसमा नसालु पदार्थ मिसाएर खुवाएपछि अचेत भएका युवाहरूबाट ४५ हजारभारु नगद, तीन थान मोबाइल र सामान लुटिएको पीडितले बताएका छन । होस खुलेपछि पीडितहरू ज्ञानबहादुर बुढा, दिनेश बुढा र इन्द्र बिष्टको उद्धार गरिएको छ भने मुक्तिराम बुढाथोकी अझै पनि बेपत्ता छन् ।
सर्वस्व लुटिएका युवाहरूको बिचल्ली भएको छ भने बेपत्ता १७ वर्षीय मुक्तिराम बुढाको खोजी तथा लुटेराको पहिचानका लागि सम्पुर्ण स्तरमा पहल गर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अनुरोध गरेको छ ।
बेपत्ता युवक मुक्तिराम बुढा कहिँ कतै भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय, नेपालमा जोगबहादुर बुढाथोकीको फोन नम्बर ९८५७८५०१०० वा भारतमा सञ्चारकर्मी खिमराज चालिसेको फोन– ८९६८५०३०५० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।






