• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन


  •   बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
  • भोजपुरबजार । आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । विगतमा दुध, दही तथा घीउ राख्न प्रयोग गरिने काठका ठेकी, हर्पे, दुदेरालगायत सामग्री गाउँघरमा अनिवार्य रूपमा प्रयोग हुने गरेको थियो ।

    Advertisement

    पछिल्लो समय आधुनिक भाँडाकुँडाको प्रयोग बढेसँगै यस्ता सामग्री चलन हट्दै भएको हो । पहिले गाउँघरमा आवश्यक पर्ने काठका सामग्री स्थानीयस्तरमै उत्पादन गर्ने चलन थियो । विशेषगरी पशुपालन गर्ने परिवारमा दुध तथा दुग्धजन्य पदार्थ राख्न काठका ठेकी, हर्पे र दुदेरा उपलब्ध हुन्थे । ती सामग्री घरायसी प्रयोजनका साधन मात्र नभई गाउँघरको परम्परागत जीवनशैली र मौलिक सीपका उदाहरण थिए । अहिले यी सामग्री बनाउने सँगै प्रयोग गर्ने चलन हराउँदै भएको छ ।

    टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय रामबहादुर विष्ट काठका परम्परागत सामग्री बनाउने चलन पछिल्लो समय घट्दै गएको बताउँछन् । बजारमा प्लास्टिक, धातु तथा अन्य आधुनिक सामग्री सहजै उपलब्ध हुन थालेपछि काठका सामग्रीको प्रयोग कम भएको उनको भनाइ छ । प्रयोग घटेसँगै यस्ता सामग्री बनाउने सीप र त्यसमा आधारित परम्परा पनि लोप हुने अवस्थामा पुगेको उनले बताए ।

    समयसँगै मानिसको जीवनशैली, घरायसी आवश्यकता र बजारको पहुँचमा आएको परिवर्तनले काठका सामग्रीको प्रयोगमा प्रभाव पारेको स्थानीय पदमबहादुर बस्नेतले जानकारी दिए । पहिले स्थानीय स्रोतसाधनबाट निर्माण गरिने यस्ता सामग्री अहिले बजारमा उपलब्ध विकल्पबाट प्रतिस्थापित हुँदै गएको उनको भनाइ छ । यसले दैनिक जीवनलाई सहज बनाए पनि पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सिपको निरन्तरतामा चुनौती थपेको छ ।

    काठका सामग्री निर्माण गर्न काठको छनौट र त्यसलाई आवश्यक उपयुक्त आकार दिन सीप आवश्यक पर्छ । यस्ता सिप अभ्यास र अनुभवबाट पुस्तान्तरण हुँदै आएका हुन् । नयाँ पुस्ताको आकर्षण अन्य पेसा तथा आधुनिक जीवनशैलीतर्फ बढ्दै जाँदा परम्परागत सामग्री निर्माणमा संलग्न हुने क्रम घट्दै गएको छ ।

    स्थानीय स्रोतसाधनको उपयोग, परम्परागत सीप र गाउँघरको मौलिक पहिचानसँग जोडिएका काठका सामग्रीको संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाइ छ । परम्परागत सामग्रीको प्रयोग र निर्माणलाई प्रोत्साहन गर्न सके स्थानीय सीपको संरक्षणसँगै पुरानो जीवनशैली र सांस्कृतिक पहिचानलाई जोगाउन सकिने स्थानीय जानकारको भनाइ छ । (रासस)

    बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)
    अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.