• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)


  •   बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, नुवाकोट (अर्घाखाँची) ।

    Advertisement

    खेलकुदलाई स्थानीय पर्यटन प्रवद्र्धनसँग जोड्ने उद्देश्यका साथ अर्घाखाँचीको भूमिकास्थान–१० धनचौरस्थित पर्यटकीय स्थल आरिचौर खेलमैदानमा प्रथम धनचौर टी–१२ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

    मुनलाइट युवा क्लबको आयोजना र धनचौर युवा समाजको सह–आयोजनामा २०८३ कात्तिक ११ गतेदेखि सुरु भएको प्रतियोगिताको भूमिकास्थान नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको हो ।

    प्रतियोगिताले स्थानीय युवाको खेलप्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्नुका साथै धनचौरका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । खेलकुदमार्फत स्थानीय क्षेत्रको पहिचान विस्तार गर्ने र युवालाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

    उद्घाटन समारोहमा नगरप्रमुख थापा र भूमिकास्थान–१० का वडाध्यक्ष खगेश्वर पन्थीले खेलकुदले शारीरिक स्वास्थ्य, प्रतिभा विकास, सामाजिक एकता र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    खेल तथा खेलाडीको विकास र हितका लागि आफूहरूले काम गरिरहेको उल्लेख गर्दै उहाँहरूले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुदको माध्यमबाट धनचौरका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटन विकासमा योगदान पुर्‍याउने आयोजकको प्रयासको उहाँहरूले खुलेर प्रशंसा गर्नुभयो ।

    नगरप्रमुख थापाले सेङलेङ होमस्टे सञ्चालनका लागि नगरपालिकाले गरेको लगानी र अघि सारेका योजनालाई सफल बनाउन स्थानीयवासीको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले सेङलेङमा रहेको चिया बगानलाई समेत कृषि पर्यटनसँग जोड्न सकिने उल्लेख गर्दै स्थानीय सम्भावनाको सदुपयोगबाट पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो ।

    धनचौर तथा आसपासका क्षेत्रमा धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्त्व बोकेका विभिन्न स्थल रहेका छन्, । सुपादउराली आएका पर्यटकलाई सेङलेङ स्थित पाथीभरा मन्दिर दर्शन गराउनुपर्नेमा उहाँको जोड रहेको छ । सेङलेङ होमस्टेमा बास बसालेर सेङलेङदह, आरिचौर, लक्ष्मीडाँडा गुम्बा, मृगस्थली झरना, सिद्धगुफा र नुवाकोट दरबार, पोखेडाँडा,दुर्बाङ, भुकफेदी, खाकबेसी लगायतका स्थल हुँदै भूमेकाथान मन्दिर सम्म पुर्‍याउने र त्यहिंबाट सन्धिखर्क सहित अन्तरपालिका भ्रमण गराउन सकिने नगरप्रमुख थापाले बताउनुभयो । यी पर्यटकिय स्थलमा व्यावसायिक पर्यटकीय गतिविधि विस्तार गर्न सकिने नगरप्रमुख थापाको तर्क छ ।

    यी सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्न प्रचारप्रसारसँगै पूर्वाधार विकास, स्थानीय सहभागिता र पर्यटकीय गन्तव्यबिचको समन्वय आवश्यक देखिन्छ । खेलकुद प्रतियोगिताजस्ता कार्यक्रमले स्थानीय क्षेत्रलाई चिनाउने अवसर प्रदान गर्ने भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिन सके धनचौरको पर्यटन विकासमा समेत योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

    प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।

    कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा भूमिकास्थान–१० का जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा, खेलप्रेमी युवा तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटन समारोहको सहजीकरण आयोजकका तर्फबाट सन्दीप गैरे, लीलबहादुर जिसी र कृष्णप्रसाद गैरेले गर्नुभएको थियो ।

    स्थानीय युवाको सक्रियता र सामुदायिक सहकार्यमा सुरु भएको प्रतियोगिताले खेलकुदको विकाससँगै धनचौरका पर्यटकीय सम्भावनालाई व्यापक रूपमा चिनाउने अवसर प्रदान गरेको छ । अब यस्ता प्रयासलाई दीर्घकालीन पर्यटन योजना, स्थानीय सहभागिता र आवश्यक पूर्वाधार विकाससँग जोड्न सके धनचौरको पर्यटकीय पहिचान विस्तार गर्न थप मदत पुग्नेछ ।

    बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.