• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति


  •   मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
  • बेइजिङ, १० कात्तिक । बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ ।

    Advertisement

    हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर एक हजार ५२९ पुगेको छ । अमेरिकी डलरमा आधारित गणनाअनुसार अर्बपतिको सङ्ख्या पनि १५५ ले बढेर एक हजार १७६ पुगेको छ ।

    हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन् । बाइटडान्सको ‘डुबाओ’ चीनमा सबैभन्दा बढी प्रयोग हुने एआई सहायक बनेको छ । यही कम्पनी लोकप्रिय छोटो भिडियो मञ्च डुइन र टिकटकको पनि सञ्चालक हो ।

    बोतलको पानीका व्यवसायी झोङ सानसानको सम्पत्ति २३ प्रतिशत घटेर ६१ अर्ब अमेरिकी डलरमा सीमित भएपछि उहाँ दोस्रो स्थानमा झर्नुभएको छ । विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनीका प्रमुख रोबिन जेङ तेस्रो स्थानमा हुनुहुन्छ । एआई कम्पनी डीपसिकका संस्थापक लियाङ वेनफेङ सातौँ र एआई चिप निर्माता क्याम्ब्रिकनका अध्यक्ष चेन तियान्सी दसौँ स्थानमा रहनुभएको छ ।

    एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रका उद्यमीको सम्पत्ति बढे पनि उपभोक्ता र घरजग्गा क्षेत्रका व्यवसायीको सम्पत्ति घटेको हुरुनले जनाएको छ । चिनियाँ विद्युतीय सामग्री निर्माता साओमीका अध्यक्ष लेइ जुनको सम्पत्ति आधा घटेर २५ अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ । पहिलोपटक चीनको मुख्यभूमिमा आधारित कुनै पनि रियलस्टेट डेभलपर शीर्ष १०० धनीको सूचीमा परेका छैनन् ।

    सरकारी सहयोगका कारण एआई र विद्युतीय सवारीसाधन उद्योग विस्तार भइरहेका बेला उपभोक्ताले खर्च घटाउँदा साना व्यवसाय प्रभावित भएका छन् । घरजग्गा बजारको लामो मन्दीले पनि आन्तरिक माग कमजोर बनाएको छ ।

    चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको थियो । चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । यो गत वर्षको पाँच प्रतिशत वृद्धिभन्दा केही कम हो ।

    मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.