• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव


  •   मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
  • तेल अभिव (इजरायल), १० कात्तिक । साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र आफ्नो देशमाथिका आक्रमण रोक्न इरानको मध्यस्थतामा भएको वार्ताका क्रममा एक अर्ब अमेरिकी डलर दिने प्रस्ताव गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, रकम हस्तान्तरण भएको पुष्टि भएको छैन ।

    Advertisement

    रिपोर्टअनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमान हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न तेहरान पुग्नुभएको थियो । एक कूटनीतिक स्रोतले उहाँ चढेको हक्र्युलस सैन्य विमानमा रकमसमेत ल्याइएको दाबी गरे पनि साउदी अधिकारीले यसको पुष्टि गरेका छैनन् ।

    वार्तामा टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन, पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असीम मुनीर तथा इरानका राष्ट्रपति मसुद पेजेस्कियानसहित वरिष्ठ अधिकारीहरू सहभागी रहेको बताइएको छ ।

    साउदी विमानस्थल र तेलसम्बन्धी संरचनामाथि बढ्दो आक्रमणले आर्थिक क्षति पुर्‍याइरहेका बेला इरानले साउदी अरेबिया र हुथीहरूबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको हो । हर्मुज जलघाँटीमा ट्याङ्करमाथि भएका इरानी आक्रमणले खाडी क्षेत्रबाट हुने तेल निर्यातसमेत प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।

    साउदी विदेश मन्त्रालयले आफ्नो रक्षामन्त्री तथा मक्का संयुक्त रक्षा गठबन्धनका प्रतिनिधिहरूको तेहरान भ्रमण तनाव घटाउने, संवाद र कूटनीतिक समाधानलाई प्रोत्साहन गर्ने तथा कतार र पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गर्ने उद्देश्यले भएको जनाएको छ ।

    साउदी अधिकारीका अनुसार हुथीहरूसँगको विवाद तीन वर्षअघि भएको समझदारी कार्यान्वयनसँग पनि सम्बन्धित छ । उक्त समझदारीमा हुथी नियन्त्रित क्षेत्रमा सार्वजनिक कर्मचारीको तलब भुक्तानी र नागरिक पूर्वाधार पुनर्निर्माणका लागि साउदी अरेबियाले आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था थियो । बदलामा हुथीहरूले युद्धविराम कायम राख्ने र साउदीमाथिका आक्रमण रोक्ने अपेक्षा गरिएको थियो ।

    हुथीहरूले पछिल्ला महिनामा साउदी अरेबियाले पुरानो समझदारी कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका छन् । तर, साउदी पक्षले सैन्य दबाबमा नयाँ युद्धविराम स्वीकार्न र यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारबाट कब्जा गरिएका क्षेत्र फिर्ता गर्नुअघि हुथीहरूलाई रकम दिन विरोध गरेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

    इरान, अमेरिका र इजरायलबीच क्षेत्रीय तनाव बढिरहेका बेला भएको यो वार्तालाई तेहरानले आफ्नो क्षेत्रीय प्रभाव विस्तार गर्ने र नयाँ सुरक्षा संरचनाको पहल गर्ने प्रयासका रूपमा हेरिएको छ । पाकिस्तानी सेना प्रमुखको अघिल्लो साता भएको भ्रमणका क्रममा अघि बढाइएको यस पहललाई इरानी नेतृत्व र मक्का संयुक्त रक्षा गठबन्धनका प्रतिनिधिबीचको पहिलो औपचारिक बैठक भनिएको छ ।

    अमेरिका र इजरायलको सैन्य हस्तक्षेपको विरोध गर्दै आएको इरानले आफूलाई क्षेत्रीय कूटनीतिक मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको रिपोर्टमा उल्लेख छ । तर, हुथीहरूलाई एक अर्ब डलर दिने प्रस्ताव र रकम तेहरान ल्याइएको दुवै दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।

    मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.