• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

रङ्गीन फूलको एउटै माला बनाऔँ

फ्रान्समा ७० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत

नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?

उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन

जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ कात्तिक ९–११ गते चितवनमा

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ४. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ५. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • ८. शिक्षक सङ्घद्वारा दाङमा शुभकामना आदानप्रदान कार्यक्रम

  • ९. १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

  • १०. अम्बिकादेवीको ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत


  •   शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालयले जलवायु परिवर्तनका असर अनुकूलन क्षमता अभिवृद्धिका लागि प्रस्ताव गरेका तीनोटै परियोजना अनुकूलन कोषको सत्चालिसौँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् ।

    Advertisement

    राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सो जानकारी दिएकी हुन् ।

    स्वीकृत परियोजनामध्ये ‘ग्रिन कोशी’ परियोजना पनि एक हो । प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण तथा जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्य राखिएको यस परियोजनाका लागि ९९ लाख २७ हजार सात सय ५० अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको छ । यस परियोजनाको कार्यान्वयन एनटीएनसी रहेको छ ।

    हिमालय क्षेत्रमा बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्दै जलवायु अनुकूलन क्षमता बढाउने उद्देश्यसहित ‘स्ट्रेन्थेनिङ एडप्टेसन एन्ड फ्लड एन्ड ल्यान्डस्लाइड अर्ली वार्निङ फर द हिन्दुकुस हिमालय’ परियोजना स्वीकृत भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) कार्यान्वयन निकाय रहेको यस परियोजनाका लागि तीन करोड अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको थियो ।

    तेस्रो परियोजना लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा आधारित प्रकृतिमैत्री जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्यमा केन्द्रित छ । यस परियोजनाका लागि ४९ लाख ९८ हजार सात सय सात अमेरिकी डलर वित्तीय सहयोग प्रस्ताव गरिएको छ । यसको कार्यान्वयन निकाय युएन ह्याबिटाट रहेको छ।

    उक्त तीनोटै परियोजनाले पारिस्थितिक प्रणालीको संरक्षण, बाढीपहिरोको पूर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा मन्त्री चौधरीको छ ।

    विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको माग बढिरहेको र अनुकूलन कोषको स्रोत सीमित रहेको अवस्थामा नेपालका तीनवटै परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि रहेको उनले बताइन् ।

    मन्त्री चौधरीले यस उपलब्धिले पर्यावरण क्षेत्रमा परेको आर्थिक भार व्यवस्थापन गर्न सहयोग पुग्ने बताएकी छिन्, साथै नेपालमा पछिल्लो समय देखिएका विभिन्न प्राकृतिक बिपद्का जोखिम तथा समस्यालाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनका असरबाट हुने क्षति कम गर्नसमेत यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ ।

    शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग
    रङ्गीन फूलको एउटै माला बनाऔँ
    नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?
    उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही
    दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन
    जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ४.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ५.
      कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

    • २.
      रङ्गीन फूलको एउटै माला बनाऔँ

    • ३.
      फ्रान्समा ७० हजार सुरक्षाकर्मी परिचालन गरिँदै

    • ४.
      जलवायु कोषबाट नेपालका तीन परियोजना स्वीकृत

    • ५.
      नेकपाको देशव्यापी जागरण अभियानका १९ बुँदामा के के छन् ?

    • ६.
      उपत्यकामा एकैदिन ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

    • ७.
      दुई वर्षदेखि बिग्रिएको प्रादेशिक अस्पतालको सिटीस्क्यान अझै मर्मत गरिएन

    • ८.
      जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.