• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • ९. महँगो दशैं, खर्चिलो बजार

  • १०. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान


  •   मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
  • टोकियो । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमुना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ । यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको सुरुआतबारे नयाँ तथ्य पत्ता लाग्ने वैज्ञानिकको अपेक्षा छ ।

    Advertisement

    जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार मानवरहित मार्सियन मुन एक्सप्लोरेसन (एमएमएक्स) यान बोकेको एच–३ रकेट जापानको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट मङ्गलबार बिहान प्रक्षेपण गरिएको हो । प्रक्षेपणको एक घण्टाभन्दा बढी समयपछि यान रकेटबाट सफलतापूर्वक छुट्टिएको थियो ।

    अन्तरिक्ष यान २०२७ को अगस्टमा मङ्गल ग्रहको नजिक पुग्नेछ । त्यसपछि यसले फोबोसको परिक्रमा गर्दै कम्तीमा १० ग्राम सतही पदार्थ सङ्कलन गर्नेछ । फ्रान्सेली–जर्मन रोभर ‘इडफिक्स’ ले पनि फोबोसको सतहको अवलोकन गर्दै सुरक्षित अवतरणको प्रयास गर्नेछ ।

    जाक्साका अनुसार अभियानले मङ्गल र यसका दुई चन्द्रमा फोबोस तथा डिमोसको उत्पत्तिबारे जानकारी जुटाउनेछ । एउटा सिद्धान्तले मङ्गल ग्रह र अर्को खगोलीय पिण्डबिचको ठक्करबाट चन्द्रमा बनेको मान्छ भने अर्कोले ती मङ्गलको गुरुत्वाकर्षणले तानेका क्ष्ॉद्रग्रह भएको ठान्छ । यी सिद्धान्तमध्ये कुन सही हो भन्ने पत्ता लाग्दा चट्टानी ग्रहमा जीवनअनुकूल वातावरण कसरी विकास भयो भन्ने बुझ्न सहयोग पुग्ने वैज्ञानिकको विश्वास छ ।

    अमेरिकी अन्तरिक्ष निकाय नासाकी विज्ञान अभियान निर्देशनालयकी प्रशासक निकी फक्सले नमुना अध्ययनले भविष्यमा मङ्गल ग्रहमा मानव पठाउने तयारीमा सहयोग पुग्ने बताए । अभियानमा अमेरिका, युरोपेली अन्तरिक्ष एजेन्सी, विश्वविद्यालय र प्रविधि कम्पनीहरूले पनि सहकार्य गरेका छन् ।

    यता, अमेरिका र चीन मङ्गल ग्रहबाट चट्टानका नमुना पृथ्वीमा ल्याउने अभियानमा प्रतिस्पर्धा गरिरहेका छन् । नासाको ‘पर्सिभरेन्स’ रोभरले सन् २०२१ देखि मङ्गलमा नमुना सङ्कलन गरिरहेको छ तर अमेरिकी प्रशासनले ती नमुना पृथ्वीमा फर्काउने अभियान रद्द गरेको थियो । चीनले सन् २०२८ तिर तियानवेन–३ प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गलका नमुना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ । (रासस/एएफपी)

    मङ्गलबार, कार्तिक ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
    अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप
    अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने
    जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश
    मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु
    सुनखानी भत्किँदा १४ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • २.
      अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

    • ३.
      मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

    • ५.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • ६.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ७.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ८.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.