• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

भारत–अमेरिका व्यापार सम्झौता हुँदै

ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ४. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ५. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ६. दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

  • ७. कङ्ग्रेस संस्थापनको पदाधिकारीमा को को छन् ?

  • ८. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

  • ९. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • १०. बडादशैँ मनाउँदै गर्दा मुटु जोगाउनुहोस् (अन्तर्वार्ता)

दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु


  •   आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
  • कोलकाता (भारत) । भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गापूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

    Advertisement

    अधिकारीका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डपनजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो ।

    प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भिड अनियन्त्रित बनेको थियो । घटनामा घाइते भएकाको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुग्नुभएका मुख्यमन्त्री सुभेन्दु अधिकारीले १९ जनाको मृत्यु भएको र २५ जनाको उपचार भइरहेको जानकारी दिए ।

    उनले राज्यको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने बताए ।

    प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्दै केही दुर्गापूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिएको छ । घटनामा भिड व्यवस्थापन र सुरक्षामा कमजोरी भए/नभएकोबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

    दुर्गापूजा पर्वका लागि कोलकाताभरि स्थानीय रूपमा ‘पण्डाल’ भनिने करिब तीन हजार पाँच सय मण्डप निर्माण गरिएका छन् । घटनापछि अधिकारीले कोलकाताका धेरै भिडभाड हुने स्थल अस्थायी रूपमा बन्द गर्न आयोजकलाई सुझाव दिएका छन् ।

    भारतमा ठुला धार्मिक पर्वका क्रममा भिड अनियन्त्रित हुँदा भागदौडका घटना बारम्बार हुने गरेका छन् । यस्ता पर्वमा लाखौँ मानिस सीमित क्षेत्रमा भेला हुने गरे पनि पर्याप्त सुरक्षा र भीड व्यवस्थापनको अभाव रहने गरेको छ ।

    २०२५ जनवरीमा विश्वकै ठुलो धार्मिक जमघटका रूपमा चिनिने महाकुम्भ पर्वका क्रममा पवित्र नदीमा स्नान गर्न हजारौँ हिन्दू तीर्थयात्री एकैपटक अघि बढ्दा कम्तीमा ३० जनाको मृत्यु भएको थियो ।

    त्यसैगरी, सन् २०१३ मा मध्य प्रदेश राज्यको एउटा मन्दिरमा धार्मिक पर्वका क्रममा पुल भत्किने डरले तीर्थयात्रीहरू आत्तिँदा भएको भागदौडमा कम्तीमा एक सय १५ जनाको मृत्यु भएको थियो । केही मानिसको नदीमा डुबेर मृत्यु भएको थियो । (रासस/एपी)

    आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड
    भारत–अमेरिका व्यापार सम्झौता हुँदै
    दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश
    टेस्ला र स्पेसएक्स गाभिएर बलियो बहुराष्ट्रिय कम्पनी बन्दै
    अल्बानियामा छिन् ११७ वर्षमा पनि सक्रिय महिला कामिला मार्रा
    अमेरिका र युरोपका छ देशमा महँगी विरुद्ध युवाविद्यार्थीको प्रदर्शन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ४.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    • ५.
      किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

    • ६.
      दुर्गापूजा मण्डपमा भागदौड हुँदा १९ जनाको मृत्यु

    भर्खरै

    • १.
      यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

    • २.
      रसुवाबाढीले खोस्यो बर्दियाका थारू परिवारको बडादसैँ

    • ३.
      नवदुर्गासँगै नेवार समुदायले मनाए मोहनीनख:

    • ४.
      क्षेत्रीय सुरक्षामा सहकार्य गर्न श्रीलङ्काको जोड

    • ५.
      भारत–अमेरिका व्यापार सम्झौता हुँदै

    • ६.
      ठमेलमा विदेशी पर्यटकले लगाए बडादसैँको टीका

    • ७.
      चाहेर पनि बडादसैँको टीका लगाउन नपाउनेहरू

    • ८.
      दुईतिहाइ बढी मतसँगै अल्बर्टा क्यानडामै रहने जनादेश

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.