• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

सुनखानी भत्किँदा १४ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. चार मन्त्रीद्वारा राजीनामा

  • २. राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

  • ३. बुढीगण्डकी बाढीले दिएको चेतावनी

  • ४. खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

  • ५. मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

  • ६. सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

  • ७. किशोर श्रेष्ठबारे पत्रकार महासङ्घ : श्रेष्ठलाई रिहा गर, प्रेस काउन्सिल सक्रिय बन

  • ८. निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड

  • ९. महँगो दशैं, खर्चिलो बजार

  • १०. यस्ता छन् शुक्रबार सम्पन्न मन्त्रिपरिषद्का १३ निर्णय

भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा


  •   मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
  • नयाँदिल्ली, २७ असोज । भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन आयोग प्रमुखको राजीनामा मागेर प्रदर्शन चर्किरहेका बेला युवा नेतृत्वको कक्रोच जनता पार्टी (सिजेपी) का प्रमुख नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पार्टीका नेताहरूले मङ्गलबार नयाँदिल्लीस्थित जन्तर मन्तरमा लगाइएको सुरक्षा घेरा तोडेर प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

    Advertisement

    प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्ने गरी मतदाता सूचीमा हेरफेर गरिएको विपक्षीहरूको आरोप छ । उनीहरूले निर्वाचन आयोग प्रमुखको राजीनामा माग्दै पछिल्ला दिनमा सुरक्षा प्रतिबन्ध उल्लङ्घन गरेर प्रदर्शन गरिरहेका छन् । यद्यपि, निर्वाचन आयोगले अनियमितता भएको आरोप अस्वीकार गरेको छ ।

    दिल्ली प्रहरीले सोमबार जन्तर मन्तरलाई आधिकारिक प्रदर्शनस्थलको सूचीबाट हटाइएको जनाएको थियो । राजधानीको केन्द्रमा रहेको उक्त स्थललाई पहेँलो धातुका बारले घेरेर केही दिनदेखि बन्द गरिएको थियो र त्यहाँ ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो

    ।

    तर, मङ्गलबार सिजेपी नेता अभिजीत दिप्केले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरू सुरक्षा बार पार गर्दै जन्तर मन्तरभित्र प्रवेश गरी राष्ट्रिय झण्डा फहराएको देखिन्छ । प्रहरीले उनीहरूलाई पछ्याउँदै नियन्त्रणमा लिएको थियो ।

    सिजेपीले सामाजिक सञ्जालमा आफ्ना नेता सौरभ दास, आशुतोष रङ्का र अजिङ्क्य सिन्देसहितका नेताहरूलाई प्रहरीले हिरासतमा लिएको जनाएको छ । दिप्केले प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै प्रतिरोधलाई रोक्न नसकिने बताउनुभएको छ ।

    दिल्ली प्रहरीले जन्तर मन्तरको विकल्पका रूपमा सोमबार तीनवटा आधिकारिक प्रदर्शनस्थल तोकेको थियो । दशकौँदेखि प्रदर्शन हुँदै आएको जन्तर मन्तरमा सिजेपीले पनि यसअघि आन्दोलन गरेको थियो । उक्त पार्टीको प्रदर्शनपछि परीक्षामा अनियमितता भएको विवादका कारण गत जुलाईमा शिक्षामन्त्रीले पद छाड्नुभएको थियो ।

    यसैबीच, प्रधानमन्त्री मोदीले मङ्गलबार नयाँदिल्लीमा आयोजित व्यापार सम्मेलनमा भारतलाई ‘लोकतन्त्रकी जननी’ बताउनुभएको छ । उहाँले देशमा विभिन्न विषयमा खुला बहस हुने र फरक दृष्टिकोणमाथि छलफल गरिने उल्लेख गर्नुभयो । तर, उहाँले जारी विरोध प्रदर्शनबारे प्रत्यक्ष टिप्पणी गर्नुभएन ।

    मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
    अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप
    मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान
    अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने
    जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो
    चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चार मन्त्रीद्वारा राजीनामा

    • २.
      राजनीतिक अन्तरक्रियासँगै प्युठानमा तीन वामपन्थी दलको शुभकामना आदानप्रदान

    • ३.
      बुढीगण्डकी बाढीले दिएको चेतावनी

    • ४.
      खगेन्द्र सुनार प्रकरण : सरकार मौन !

    • ५.
      मूल प्रवाहको सहयोगमा हराएकी निर्मला सुनार परिवारको सम्पर्कमा

    • ६.
      सरकारको रवैयाबाट सहकारी ठग उत्साहित, जिबी भन्छन्– सार्वजनिक हुने हिम्मत आएको छ

    भर्खरै

    • १.
      सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

    • २.
      अमेरिकाले मिसाइल रोकेको जेलेन्स्कीको आरोप

    • ३.
      मङ्गलको चन्द्रमाबाट नमुना ल्याउन जापानको अभियान

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा कडा प्रतिस्पर्धा हुने

    • ५.
      जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार गरियो

    • ६.
      चौबिस घण्टाका घटनामा एकको मृत्यु, ११ घाइते

    • ७.
      जलवायु चेतनाका लागि भारतीय र्‍यापरको सङ्गीत सन्देश

    • ८.
      मालीमा सशस्त्र आक्रमण हुँदा ५० जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.