• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ३. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ४. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ५. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ६. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • ७. रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

  • ८. राजमो नेता जयबहादुर मल्लको निधन

  • ९. व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

  • १०. मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्का, विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिक्मत बुढा, स्ववियु सदस्य कुलबहादुर बुढा, स्ववियु सदस्य तेजप्रकाश सञ्जेल र विद्यार्थी रमन उपाध्यायको गिरफ्तारीको ११ विद्यार्थी सङ्गठनले विरोध गरेका छन् ।

    Advertisement

    २०८३ असोज २३ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले उक्त गैरन्यायिक गिरफ्तारीको विरोध गर्दै स्ववियु नेताहरूको विनासर्त रिहाइ गर्न माग गरेका हुन् ।

    असोज २२ गतेको घटनाको सन्दर्भमा त्रिवि पदाधिकारी र स्ववियु पदाधिकारीमाझ सौहार्दपूर्ण वातावरणमा छलफल भइसकेपछि उपकुलपतिको कार्यालय परिसरबाट विद्यार्थी नेताको गिरफ्तारी भएको उनीहरूले स्पष्ट पारेका छन् ।

    स्ववियुमाथिको कथित प्रतिबन्धपछि त्रिवि प्रशासनले विद्यार्थीका मागलाई लगातार बेवास्ता गर्दै आएको बताउँदै उनीहरूले गिरफ्तार विद्यार्थीको रिहाइ नगरिए उत्पन्न परिस्थितिको जबाफदेही सरकार नै हुने चेतावनी दिइएको छ ।

    यस्तो छ, संयुक्त प्रेस वक्तव्यको पूर्ण पाठ :

    “त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरबाट स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा विद्यार्थीलाई प्रहरीले गैरन्यायिक गिरफ्तारी गरेको घटनाप्रति संयुक्त विद्यार्थी आन्दोलन गम्भीर आपत्ति प्रकट गर्दै उक्त घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछ, साथै गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई विनासर्त तत्काल रिहा गर्न प्रहरी प्रशासनसमक्ष जोडदार माग गर्दछ ।

    २०८३ असोज २२ गते त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीबिच उत्पन्न परिस्थितिका सम्बन्धमा छलफल गर्न २०८३ असोज २३ गते उपकुलपतिको कार्यालयमा वार्ता तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो । उक्त छलफल विश्वविद्यालय प्रशासन र स्ववियु प्रतिनिधिबिच सहमति कायम भई सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेपछि पनि प्रहरीले उपकुलपतिको कार्यालय परिसरबाट आरआर क्याम्पसका स्ववियु सभापति लोकेश खड्का, विश्वविद्यालय क्याम्पसका स्ववियु सचिव हिक्मत बुढा, स्ववियु सदस्य कुलबहादुर बुढा, स्ववियु सदस्य तेजप्रकाश सञ्जेल तथा विद्यार्थी रमन उपाध्यायलाई गैरन्यायिक गिरफ्तारी गरेको छ ।

    यस प्रकारको घृणित घटनाले विद्यार्थीको लोकतान्त्रिक अधिकार, शान्तिपूर्ण गतिविधि तथा संवादमार्फत समस्या समाधान गर्ने प्रक्रियामाथि वर्तमान सरकारले अपनाउँदै गएको फासिवादी चरीत्रलाई उदाङ्गो पारेको छ । विद्यार्थी सङ्गठनमाथि सरकारको कथित प्रतिबन्धको घोषणापछि सङ्गठनले लगातार वार्ता र छलफलको माग गरे पनि त्यसलाई बेवास्ता गर्ने र सम्मानित सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशको उल्लङ्घन गर्ने काम सरकार र त्रिवि प्रशासनबाट लगातार हुँदै आइरहेको छ । यो घटना पनि त्यसकै निरन्तर हो ।

    संयुक्त विद्यार्थी आन्दोलन गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी साथीहरूलाई विनासर्त र कुनै पनि ढिलाइ नगरी अविलम्व रिहाइ गर्न प्रहरी प्रशासनसमक्ष कडा शब्दमा माग गर्दछ, साथै विद्यार्थी साथीहरूलाई तत्काल रिहा नगरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित प्रहरी प्रशासन र सरकारले लिनुपर्ने स्पष्ट गर्दछ ।

    गिरफ्तार विद्यार्थी साथीहरूलाई तत्काल रिहा गर !

    विद्यार्थी एकता जिन्दावाद !

    संयुक्त विद्यार्थी आन्दोलन जिन्दावाद !

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    यता, विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गर्नुको कारण उपकुलपति डा. भोला थापामाथि दुव्र्यवहार गरेको आरोप लगाइएकोमा त्यसलाई उनीहरूले अस्वीकार गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकपछि स्ववियु हटाउने तयारी भइरहेको आरोप लगाउँदै विद्यार्थी नेताहरूले उपकुलपति थापा विरुद्ध तीव्र विरोध जनाएपछि त्यसको प्रतिक्रियास्वरूप विद्यार्थी नेताको गिरफ्तारी भएको बताइउको छ ।

    पक्राउ परेका विद्यार्थी नेताहरूलाई हाल प्रहरी परिसर भद्रकालीमा राखिएको बताइएको छ ।

    स्ववियु विश्वविद्यालयको पनि विरोध

    त्यस्तै विश्वविद्यालय क्याम्पसको स्ववियुले पनि प्रेसविज्ञप्ति जारी गर्दै विद्यार्थी नेताको गिरफ्तारीको विरोध गरेको छ । आजै अध्यक्ष दीपकराज जोशीको हस्ताक्षरमा प्रेसवक्तव्य जारी गर्दै गिरफ्तारीको विरोध गरिएको हो ।

    विश्वविद्यालयको स्वायत्ततामाथिको नियन्त्रण कदापि स्वीकार नहुने स्पष्ट पार्दै उनीहरूले संवाद र सहकार्यको माध्यमबाट समस्या समाधान गर्न माग गरिएको छ ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
    बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन
    नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?
    इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु
    युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया
    मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ३.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ४.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    • ५.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    • ६.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    भर्खरै

    • १.
      स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

    • २.
      चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

    • ३.
      बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

    • ४.
      नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

    • ५.
      इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

    • ६.
      युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

    • ७.
      मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

    • ८.
      मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.