• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ३. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ४. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ५. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ६. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • ७. रास्वपा सांसद सुनारलाई फिर्ता बोलाउन निर्वाचन क्षेत्रबाटै माग

  • ८. राजमो नेता जयबहादुर मल्लको निधन

  • ९. व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

  • १०. मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • साओ पाउलो, २३ असोज । ब्राजिलको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लेभियो बोल्सोनारोले तेस्रो स्थानका उम्मेदवार अगस्टो क्युरीको समर्थन प्राप्त गर्नुभएको छ । यसले वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाविरुद्ध उहाँको चुनावी सम्भावना बलियो बनाएको छ ।

    Advertisement

    पहिलो चरणको मतदानमा क्युरीले करिब तीन प्रतिशत मत पाउनुभएको थियो । उक्त निर्वाचनमा फ्लेभियोले ४७ र लुलाले ४५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । समर्थन घोषणा गर्दै क्युरीले भन्नुभएको छ, “मेरो समर्थन खाली चेक होइन ।”

    पैँतालिस वर्षीय फ्लेभियो कट्टर दक्षिणपन्थी पूर्वराष्ट्रपति जायर बोल्सोनारोका जेठा छोरा हुनुहुन्छ । सन् २०२२ को निर्वाचनमा पराजित भएपछि विद्रोहको षड्यन्त्र रचेको आरोपमा जायर अहिले नजरबन्दमा हुनुहुन्छ ।

    डाटाफोलाको बिहीबार सार्वजनिक सर्वेक्षणअनुसार फ्लेभियोलाई ५२ प्रतिशत र ८१ वर्षीय लुलालाई ४८ प्रतिशत मतदाताको समर्थन छ । चौथो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहनुभएका लुलाले चुनाव जित्न फ्लेभियोभन्दा बढी मत प्राप्त गर्नुपर्ने बताउँदै त्यसका लागि आफूसँग १७ दिन रहेको उल्लेख गर्नुभएको छ ।

    निर्वाचन अभियानको अन्तिम चरणमा फ्लेभियोले समर्थकको विश्वासमा भर पर्नुभएको छ भने लुलाले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति बलियो बनाउँदै आउनुभएको छ । सामाजिक सञ्जालमा दक्षिणपन्थी पक्षको प्रभाव बढी देखिएको छ ।

    यसैबीच, फ्लेभियोको सम्भावित सत्तारोहणको विरोधमा साओ पाउलो र अन्य सहरमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् । यसअघि रियो दि जेनेरियोमा पनि प्रदर्शन भएको थियो । पहिलो चरणमा २६ लाख मतसहित चौथो हुनुभएका रेनान सान्तोसले भने कुनै पनि प्रमुख उम्मेदवारलाई समर्थन नगर्ने बताउनुभएको छ ।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध
    चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु
    नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?
    इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु
    युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया
    मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ३.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ४.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    • ५.
      प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

    • ६.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    भर्खरै

    • १.
      स्ववियु नेतृत्वको गिरफ्तारीप्रति ११ विद्यार्थी सङ्गठनको विरोध

    • २.
      चीनसँगको व्यापार वार्तामा ठोस नतिजा खोज्दै इयु

    • ३.
      बोल्सोनारोलाई तेस्रो उम्मेदवारको समर्थन

    • ४.
      नोबेल शान्ति पुरस्कारले ट्रम्पको प्रतिक्रिया कस्तो ल्याउला ?

    • ५.
      इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

    • ६.
      युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

    • ७.
      मचाडोलाई प्रतिबन्ध लगाउन दबाब दिइएको खुलासा

    • ८.
      मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुर्‍याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.