• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज २१, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

गाजाको युद्धले गहिरिँदै गएको इजरायलीको असुरक्षा

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ३. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ४. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ५. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ६. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ७. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ८. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • ९. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • १०. राजमो नेता जयबहादुर मल्लको निधन

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि


  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा डिआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।

    Advertisement

    साहित्य तथा सङ्गीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आइएलपिएमएस विश्वविद्यालयले उनलाई मानार्थ डाक्टर अफ ह्युमन लेटर्स (डिचएल) उपाधिबाट सम्मान गरेको हो ।

    भारतको जयपुरस्थित इन्टरनेसनल सेन्टरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधि तथा अन्य प्रतिष्ठित अतिथिले डा उपाध्यायलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका थिए ।

    कार्यक्रमको प्रमुख अतिथिमा राजस्थानका उपमुख्यमन्त्री डा. प्रेमचन्द बैरवा रहेका थिए भने विशिष्ट अतिथिमा राजस्थान विधानसभाका सभामुख वासुदेव देवनानी, राजस्थान विधानसभाका पूर्व सदस्य अशोक परनामी, राजस्थान विधानसभाका सदस्य बालमुकुन्दाचार्य, राज्यमन्त्री श्रीमती एकता अग्रवाल, एक्सक्लुसिभ वल्र्ड रेकड्र्सका ब्रान्ड एम्बेसेडर डा रामसिंह चौहान, पद्मश्री पुरस्कार विजेता, वरिष्ठ चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा एम वलीलगायतका रहेका थिए ।

    विश्वविद्यालयले जारी गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा साहित्य र सङ्गीत क्षेत्रमा उनको योगदान, उपलब्धि, समर्पण तथा समाजमा पारेको प्रभावको प्रशंसा गरिएको छ ।

    समारोहमा प्रदान गरिएको स्मृतिचिह्नमा समेत उनलाई साहित्य तथा सङ्गीत क्षेत्रमा उत्कृष्ट योगदान र विशिष्ट उपलब्धिका लागि सम्मान गरिएको उल्लेख छ । यो सम्मानले नेपाली साहित्य तथा सङ्गीत क्षेत्रमा डा उपाध्यायले पुर्‍याएको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत सम्मान मिलेको जनाइएको छ ।

    समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा उपाध्यायलाई यसअघि विभिन्न नौ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरिसकेका छन् । आइएलपिएमएस विश्वविद्यालयबाट प्राप्त उपाधि उहाँको दशौँ मानार्थ विद्यावारिधि हो । यसअघि अमेरिका लगायत विभिन्न देशका विश्वविद्यालयबाट उनलाई नौओटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

    गीतसङ्गीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा उपाध्यायले हालसम्म १५३ ओटा विश्व कीर्तिमान कायम गरेको जनाइएको छ । उनका १७ भन्दा बढी उपन्यास, तीन गीतिपुस्तक तथा ३६ ओटा एल्बम प्रकाशित तथा सार्वजनिक भइसकेका छन् ।

    उनका करिब दुई सय ५० गीत सार्वजनिक भएका छन् भने सयौँ गीतका भिडियोसमेत निर्माण भएका छन् । डा उपाध्यायको पछिल्लो उपन्यास ‘आशक्ति’ तथा कवितासङ्ग्रह ‘अन्तसंस्करण’ रहेको छ भने हालै दुई भजन ‘श्रीराम’ र ‘हरे कृष्ण’ स्रोतादर्शकमाझ आएका छन् ।

    बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ
    प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि
    मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ३.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ४.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ५.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ६.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    भर्खरै

    • १.
      धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

    • २.
      प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

    • ३.
      लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    • ४.
      इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

    • ५.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ६.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ७.
      मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

    • ८.
      छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.