• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज २१, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

गाजाको युद्धले गहिरिँदै गएको इजरायलीको असुरक्षा

लोकप्रिय समाचार

  • १. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • २. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ३. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ४. मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

  • ५. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ६. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ७. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

  • ८. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • ९. प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

  • १०. राजमो नेता जयबहादुर मल्लको निधन

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा


  •   बुधबार, असोज २१, २०८३ मा प्रकाशित
  • जेरुसेलम, २१ असोज । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको तयारी गरिरहेको इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका विरोधीहरूले उक्त घटनालाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन् । सुरक्षा विफलता, युद्ध र सरकारको जिम्मेवारीका विषयले चुनावी बहसलाई प्रभावित गरेको छ ।

    Advertisement

    इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताउनुभयो । विपक्षीहरूले आक्रमणको सुरक्षा विफलताको जिम्मेवारी नेतान्याहुले लिनुपर्ने भन्दै घटनाबारे आधिकारिक अनुसन्धान आयोग गठन र सुधार तथा पुनर्निर्माणमा केन्द्रित सरकार बनाउने प्रतिबद्धता जनाएका छन् । नेतान्याहुका समर्थकहरूले भने सैन्य नेतृत्वको कमजोरीका बाबजुद उहाँले देशलाई कठिन परिस्थितिबाट अघि बढाउनुभएको दाबी गरेका छन् ।

    अक्टोबर २७ मा हुने चुनावमा नेतान्याहुको भविष्यसमेत जोडिएको छ । सन् २०२३ को आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएका र २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गर्दा स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार ७४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । युद्ध लेबनान, सिरिया, यमन र इरानसम्म फैलिएको छ ।

    नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ को प्रतिबद्धता जनाउँदै आउनुभएको छ । प्रमुख सुरक्षा अधिकारीहरूले राजीनामा दिएपछि उहाँ अक्टोबर ७ पछि पदमा रहनुभएका एकमात्र वरिष्ठ अधिकारी हुनुहुन्छ । प्रमुख प्रतिद्वन्द्वी पूर्व सैन्य प्रमुख गदी आइसेनकोटले आक्रमणमा छोरा र भतिजा गुमाउनुभएको छ ।

    चुनावी बहसमा गाजाको मानवीय सङ्कट र प्यालेस्टिनी राज्य स्थापनाबारे भने कमै चर्चा भएको छ । इजरायल डेमोक्रेसी इन्स्टिच्युटका अनुसार ६० प्रतिशतभन्दा बढी इजरायलीले अक्टोबर ७ को घटनाप्रतिको धारणा मतदानको निर्णयमा प्रमुख कारक रहेको बताएका छन् । यहुदी मतदातामध्ये यस्तो धारणा राख्नेको सङ्ख्या ६८ प्रतिशत छ । हर्मनका अनुसार घटनालाई महत्त्वपूर्ण ठान्ने मतदाताबीच पनि त्यसबाट निकालिएको राजनीतिक निष्कर्ष भने फरक–फरक छ  ।

    बुधबार, असोज २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ
    प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि
    उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि
    मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • २.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ३.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ४.
      मूल प्रवाह एकता समाजको नवौँ अखिल भारत सम्मेलन दिल्लीमा हुँदै

    • ५.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ६.
      गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

    भर्खरै

    • १.
      धर्मनिरपेक्ष मुलुकमा मन्दिरमा प्रवेश गर्दा पक्राउ

    • २.
      प्रधानन्यायाधीशको स्वेच्छाचारिता विरुद्ध न्यायाधीश फुयालको विरोध

    • ३.
      लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    • ४.
      इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

    • ५.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ६.
      उपन्यासकार डा उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

    • ७.
      मृगौला पीडितलाई मूल प्रवाह जालन्धरद्वारा ६१ हजार २६० आर्थिक सहयोग

    • ८.
      छ पत्रकारको कङ्ग्रेस महाधिवेशनमा उम्मेदवारी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.