• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु


  •   सोमबार, असोज १९, २०८३ मा प्रकाशित
  • जेरुसेलम, १९ असोज । इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ मा सुरु भएको द्वन्द्वयता तीन वर्षको अवधिमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी एक हजार ३१८ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो विवरण उल्लेख गरेको हो ।

    Advertisement

    मन्त्रालयका अनुसार मृतकमा सैनिक, प्रहरी अधिकारी, सिन बेट आन्तरिक सुरक्षा निकायका कर्मचारी, जेल सेवाका कर्मचारी, अग्निनियन्त्रक, उद्धारकर्मी, स्थानीय सुरक्षा संयोजक तथा आपत्कालीन प्रतिक्रिया टोलीका सदस्य छन् । यो तथ्याङ्कमा अक्टोबर ७ को आक्रमणपछि गाजा, कब्जा गरिएको पश्चिम किनारा, लेबनान, सिरिया र इराकमा इजरायलले सञ्चालन गरेका सैन्य कारबाही तथा यमनमा इरान र हुथी समूहविरुद्ध गरिएका कारबाहीमा मारिएका सुरक्षाकर्मीसमेत समावेश छन् ।

    सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाइएको इजरायलले जनाएको थियो । त्यसपछि इजरायलले गाजा पट्टीमा सैन्य कारबाही सुरु गरेको थियो र यो पछि क्षेत्रका अन्य स्थानमा समेत फैलिएको थियो ।

    यस अवधिमा गाजामा इजरायली सैन्य कारबाहीबाट ७४ हजार २२८ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको र एक लाख ७५ हजार १८८ जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) का अनुसार गाजाका करिब ८२ प्रतिशत संरचना, अर्थात् झन्डै दुई लाख भवन, क्षतिग्रस्त भएका छन् । तीमध्ये करिब दुई तिहाइ पूर्ण रूपमा ध्वस्त भएका छन् ।

    पूर्वी जेरुसेलमसहित अधिकृत प्यालेस्टिनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले सन् २०२५ सेप्टेम्बरमा इजरायलले गाजामा प्यालेस्टिनीविरुद्ध नरसंहार गरिरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो । आयोगले गाजामा भइरहेका अत्याचार तत्काल रोक्न इजरायललाई आह्वान गरेको थियो ।

    द्वन्द्व गाजाबाहिर पनि फैलिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले गत जुनमा सन् २०२४ मार्च २ यता इजरायली आक्रमणमा चार हजार ५७ जनाको मृत्यु र १२ हजार १२१ जना घाइते भएको जनाएको थियो ।

    इरानमा सरकारी समाचार संस्था इरनाले अप्रिलमा इरानी अधिकारीलाई उद्धृत गर्दै इजरायल र अमेरिकाविरुद्ध ४० दिन चलेको द्वन्द्वमा तीन हजार ४६८ जनाको मृत्यु भएको जनाएको थियो । मृतकमध्ये एक हजार ४६० जना सर्वसाधारण रहेको उल्लेख गरिएको थियो ।

    कब्जा गरिएको पश्चिम किनारामा पनि हिंसा बढेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७ देखि सन् २०२६ जुलाई २४ सम्म त्यहाँ एक हजार १२२ प्यालेस्टिनी मारिएका छन् ।

    सिरियामा बशर अल–असद सरकारको पतनपछि इजरायली सेना इजरायल र सिरियाबीचको बफर क्षेत्रमा प्रवेश गरेको छ । सन् १९७४ को विच्छेद सम्झौताअन्तर्गत स्थापित उक्त क्षेत्र संयुक्त राष्ट्रसङ्घको निगरानीमा रहेको असैन्यीकृत क्षेत्र हो ।

    यसैबीच, अन्तर्राष्ट्रिय फौजदारी अदालतले सन् २०२४ नोभेम्बरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र तत्कालीन रक्षामन्त्री योव ग्यालेन्टविरुद्ध युद्ध अपराध तथा मानवताविरुद्धका अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । इजरायलले उक्त निर्णय अस्वीकार गर्दै आएको छ ।

    सोमबार, असोज १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • २.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ३.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ४.
      वेदकालीन समाज

    • ५.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ६.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ७.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ८.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.