• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

हुथीविरुद्ध निर्णायक सैन्य अभियान सञ्चालन गर्ने यमन सरकारको घोषणा


  •   सोमबार, असोज १९, २०८३ मा प्रकाशित
  • यमन,१९ असोज । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले हुथी विद्रोहीविरुद्ध ठूलो सैन्य कारबाही सञ्चालन गर्ने घोषणा गरेको छ। हुथी विद्रोहीहरूले दक्षिणपश्चिमी यमनको महत्वपूर्ण सहर ताइजको बाहिरी क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका बेला सरकारले यस्तो घोषणा गरेको हो।

    Advertisement

    राष्ट्रपति नेतृत्व परिषद्का प्रमुख रशद अल–अलिमीले साउदी अरबबाट सम्बोधन गर्दै हुथीहरूको नियन्त्रणमा रहेका बाँकी भूभाग फिर्ता लिन सैन्य अभियान सञ्चालन गरिने जानकारी दिनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समुदायसँग यमन सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको छ।

    गत महिना हुथी विद्रोहीहरूले पछिल्ला केही वर्षयताकै ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका थिए। उनीहरूले लाल सागरको तटीय क्षेत्र तथा बाब अल–मन्देब जलडमरूमध्य आसपासका क्षेत्रमा समेत आफ्नो प्रभाव विस्तार गरेका छन्।

    यसैबीच, हुथी विद्रोहीहरूले ताइज आसपास सरकारी सेना तथा उसका सहयोगीविरुद्ध पछिल्ला दिनहरूमा ठूलो आक्रमण गरेका छन्। उक्त आक्रमणका कारण ताइजलाई यमन सरकारको मुख्यालय रहेको अदेन बन्दरगाह सहरसँग जोड्ने प्रमुख सडकसमेत प्रभावित भएको छ।

    यमनको राजधानी सानामा राति हवाई हमला भएको हुथी विद्रोहीहरूले बताएका छन्। यमनको साउदी समर्थित सेनाले भने साना तथा साउदी सीमासँग जोडिएको उत्तरी सादा प्रान्तमा महत्वपूर्ण लक्ष्यहरूलाई लक्षित गरी हमला गरिएको जनाएको छ।

    साउदी अरब र हुथी विद्रोहीबीच बढ्दो तनावका कारण चार वर्षसम्म कायम रहेको युद्धविरामपछि यमनको गृहयुद्ध पुनः चर्किएको अवस्था देखिएको छ।

    यसैबीच, इरान–अमेरिका प्रत्यक्ष वार्तामा प्रमुख वार्ताकार रहनुभएका इरानी संसद्का सभामुखले अमेरिकाले मध्यस्थमार्फत नयाँ प्रस्ताव पठाएको जानकारी दिनुभएको छ। उक्त प्रस्तावको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

    यमननजिकै बाब अल–मन्देब जलडमरूमध्य क्षेत्रमा एउटा व्यावसायिक ट्यांकरले विस्फोटको घटना रिपोर्ट गरेको समुद्री सुरक्षा अनुगमनकर्ताले जनाएको छ।

    सोमबार, असोज १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • २.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ३.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ४.
      वेदकालीन समाज

    • ५.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ६.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ७.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ८.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.