• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

कपिलवस्तुको शिवराजमा राजमोको वडा भेला सम्पन्न : अध्यक्षमा हुसेन चयन

सुनचाँदीको मूल्य घट्यो

बागलुङको गलकोटमा दैवी विपत्तिले ६३ घरमा क्षति

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ६. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ७. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ८. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ९. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • १०. गोरखा आइडल स्कुलद्वारा फलफूल खेती

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध


  •   आइतबार, असोज १८, २०८३ मा प्रकाशित
  • सुदूरपश्चिम । सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन् ।

    Advertisement

    स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका हुन् ।

    बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट भएको तथ्याङ्कअनुसार जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीका तीन लाख ६१ हजार ९७९ नागरिकले बिमा गरेको जानकारी दिनुभयो ।

    यस्तै, कञ्चनपुरमा ८७ हजार ८७, अछाममा ६७ हजार ३०८, बझाङमा ५२ हजार २११, बाजुरामा ४५ हजार ४५४, बैतडीमा ३४ हजार २७०, डडेलधुरामा ३३ हजार ३७८, डोटीमा २७ हजार ८६२ र दार्चुलामा २३ हजार २०३ लाभग्राही रहेको उहाँले बताउनुभयो ।

    नेपालमा स्वास्थ्य बिमा कार्यक्रम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा ठूलो उपचार खर्चको आर्थिक जोखिम न्यूनीकरण गर्ने एक लोककल्याणकारी सामाजिक सुरक्षा योजनाअन्तर्गत विसं २०७२ चैत २५ बाट सुरु भएको हो । यसलाई व्यवस्थित सञ्चालन गर्न स्वास्थ्य बिमा ऐन २०७४ र स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार स्वास्थ्य बिमा बोर्ड स्थापना गरिएको छ ।

    संयोजक साउदले बिमा योजना नेपालको संविधानको धारा ३५ ले आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेअनुसार संवैधानिक दायित्व कार्यान्वयनको महत्वपूर्ण पक्षका रुपमा विस्तार भइरहेको बताउनुभयो । यसले आर्थिक रूपमा कमजोर परिवारका लागि उपचार खर्च व्यवस्थापनमा निकै राहत पुर्याइरहेको उहाँले बताउनुभयो ।

    संविधानको धारा, ५१ (ज) मा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । सोही अनुसार बिमा योजना कार्यान्वयनमा छ ।

    स्वास्थ्य बिमामा आबद्ध हुन प्रतिपरिवार (पाँच जनासम्म) रु तीन हजार ५०० वार्षिक रुपमा योगदान तिर्नुपर्ने र पाँच जनाभन्दा बढी सदस्य भएमा थप सदस्य रु सात सयका दरले शुल्क लाग्ने गरेको छ । स्वास्थ्य नियमालीको व्यवस्थाअनुसार हालको सुविधाको थैलीलाई दुई गुणाले वृद्धि गर्नाका साथै ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अतिविपन्न, अपाङ्गता भएका व्यक्तिहरू र कुष्ठरोग/एचआइभी/एमडीआर–टिबीका बिरामीहरूका लागि नि:शुल्क बिमाको व्यवस्था छ । सरकारले नै यो समूहका व्यक्तिको बिमा प्रिमियम तिरिदिने गरी व्यवस्था गरिएको संयोजक साउदले बताउनुभयो । साथै, सम्पूर्ण सङ्गठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत योगदान गर्नेगरी बिमामा आबद्ध हुने अनिवार्य व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

    बिमामा आबद्ध भएपश्चात् पाँच सदस्य परिवारसम्मको एक परिवारलेरु एक लाखसम्म र सोपश्चात् थप हुने प्रतिसदस्यले रु २० हजार गरी अधिकतम् रु दुई लाखसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था छ ।

    यस्तै, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्दै आएका छन् ।

    आइतबार, असोज १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ
    प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह
    नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि
    फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित
    कपिलवस्तुको शिवराजमा राजमोको वडा भेला सम्पन्न : अध्यक्षमा हुसेन चयन
    सुनचाँदीको मूल्य घट्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ६.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    भर्खरै

    • १.
      मोहनविक्रम सिंहको प्रशिक्षण : कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत स्वार्थ त्यागेर समाजप्रति समर्पित हुनुपर्दछ

    • २.
      व्यक्तिवाद र अहमवाद : दार्शनिक विमर्श

    • ३.
      प्रवासी नेपालीको हकहित, संगठन सुदृढीकरण र राजनीतिक चेतनामा जोड दिनुपर्ने आवश्यक छ : महामन्त्री सिंह

    • ४.
      नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

    • ५.
      फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

    • ६.
      सात लाख ३२ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध

    • ७.
      कपिलवस्तुको शिवराजमा राजमोको वडा भेला सम्पन्न : अध्यक्षमा हुसेन चयन

    • ८.
      सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.