• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

कास्पारोभको जीवन खतरामा रहेको चेतावनी


  •   बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
  • पेरिस, १५ असोज । क्रेमलिनका आलोचक तथा चेसका पूर्वविश्वविजेता ग्यारी कास्पारोभले अमेरिकी र लिथुआनियाली सुरक्षा निकायले आफ्नो तथा सहयोगी इभान त्युट्रिनको जीवन खतरामा रहेको जानकारी दिँदै सुरक्षा सावधानी अपनाउन आग्रह गरेको बताउनुभएको छ ।

    Advertisement

    कास्पारोभले आफू र फ्रि रसिया फोरमका सहसंस्थापक त्युट्रिन हत्या गर्ने लक्ष्यको सूचीमा रहेको समाचार स्तब्ध पार्ने भए पनि आफूलाई आश्चर्य नलागेको बताउनुभयो । उहाँले सुरक्षा निकायको चेतावनीपछि आवश्यक सावधानी अपनाएको र त्यसलाई निरन्तरता दिने बताउनुभयो ।

    उहाँको भनाइ अमेरिकी न्याय मन्त्रालयले सेप्टेम्बरको मध्यमा संयुक्त राज्य अमेरिकासहित विभिन्न मुलुकमा आक्रमण तथा हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा रुसी गुप्तचर निकायका पाँच कथित एजेन्टविरुद्ध अभियोग लगाएपछि आएको हो । विभागका अनुसार ती समूहले अमेरिकामा बसोबास गर्ने एक प्रमुख रुसी असन्तुष्टको हत्या गर्ने प्रयास गरेका थिए । ती व्यक्तिलाई ‘भिक्टिम–१’ का रूपमा पहिचान गरिएको छ ।

    स्पेनको अखबार ‘एल मुन्डो’ ले कास्पारोभका निकट स्रोतलाई उद्धृत गर्दै रुसी एजेन्टहरूले उहाँ र पूर्वरुसी सांसद इल्या पोनोमारोभको हत्या गर्ने षड्यन्त्र गरेको जनाएको थियो । कास्पारोभले भने आफू र त्युट्रिन नै अभियोगमा उल्लेख गरिएका सम्भावित लक्ष्य हुन् भन्ने कुरा आफूहरूलाई स्पष्ट रूपमा नबताइएको बताउनुभएको छ ।

    सन् २०१६ मा कास्पारोभ र त्युट्रिनले फ्रि रसिया फोरम स्थापना गर्नुभएको थियो । रुसी सरकारले सन् २०२३ मा उक्त संस्थालाई ‘अवाञ्छनीय सङ्गठन’ घोषणा गरेको थियो भने सन् २०२५ मा ‘आतङ्कवादी’ सङ्गठनको सूचीमा राखेको थियो ।

    अमेरिकी न्याय मन्त्रालयका अनुसार रुसी एजेन्टहरूले लिथुआनियामा पनि ‘भिक्टिम–२’ को हत्या गर्ने प्रयास गरेका थिए । एक अमेरिकी नागरिकलाई हत्या गरेबापत पाँच हजार डलर दिने प्रस्ताव गरिएको र पेट्रोलको बोतल वा छुरी प्रयोग गर्न सुझाइएको मन्त्रालयले जनाएको छ।

    भिल्नियसमा निर्वासनमा बस्दै आएका त्युट्रिनले आफू नै ‘भिक्टिम–२’ हो कि होइन भन्ने थाहा नभएको बताउनुभएको छ । तर अमेरिकी अधिकारीहरूले षड्यन्त्रबारे जानकारी सार्वजनिक गरेपछि लिथुआनियाली पक्षले आफूलाई तत्काल घर छाड्न र गाडी हटाउन चेतावनी दिएको उहाँले एएफपीलाई बताउनुभएको छ ।

    बिहिबार, असोज १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • २.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ३.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ४.
      वेदकालीन समाज

    • ५.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • ६.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ७.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ८.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.