• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

स्लोभाकियाको आर्थिक वृद्धि बढ्ने, मुद्रास्फीति घट्ने अनुमान


  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • ब्राटिस्लाभा, १४ असोज । स्लोभाकियाको अर्थतन्त्र सन् २०२६ मा शून्य दशमलव ८ प्रतिशत र सन् २०२७ मा एक दशमलव ८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । स्लोभाकियाको अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रक्षेपणमा यस्तो अनुमान गरिएको हो ।

    Advertisement

    अन्तर्राष्ट्रिय व्यापारमा देखिएको तनाव, ऊर्जा संकट, अमेरिकी कर तथा युरोपेली संघमा घट्दो प्रतिस्पर्धात्मकताजस्ता चुनौतीका बाबजुद अर्थतन्त्रमा सामान्य सुधार आउने मन्त्रालयले जनाएको छ ।

    घरायसी उपभोग र निर्यातमा सुधारले आर्थिक वृद्धिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । स्लोभाकियामा भोल्भोको कार कारखानामा उत्पादन विस्तार हुँदै जानुले पनि अर्थतन्त्रलाई थप बल दिने अनुमान गरिएको छ ।

    मुद्रास्फीति पनि घट्ने अपेक्षा गरिएको छ । यस वर्ष ३.७ प्रतिशत रहेको वार्षिक मुद्रास्फीति सन् २०२७ मा २.९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । घरपरिवारका लागि ऊर्जा सहायता कार्यक्रमलाई निरन्तरता दिइनुले पनि मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।

    यसैगरी, नागरिकको वास्तविक आम्दानीमा पनि सुधार आउने अपेक्षा गरिएको छ । यस वर्ष औसत नाममात्रको तलब ४.५ प्रतिशतले बढ्ने र मुद्रास्फीतिको प्रभाव समायोजन गरेपछि वास्तविक तलब अर्को वर्ष एक दशमलव ४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

    आर्थिक सहयोग तथा विकास संगठनले सन् २०२७ मा युरो क्षेत्रको आर्थिक वृद्धिको अनुमान एक दशमलव २ प्रतिशतबाट घटाएर एक प्रतिशतमा झारेको छ । फ्रान्स र जर्मनीको आर्थिक वृद्धि क्रमशः शून्य दशमलव ७ प्रतिशत र एक दशमलव १ प्रतिशत रहने अनुमान गरिएको छ ।

    स्लोभाकियाको अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय नीति संस्थानले आर्थिक प्रक्षेपणमा रहेका जोखिमलाई सामान्य रूपमा सन्तुलित रहेको जनाएको छ । ऊर्जा मूल्य उच्च रहिरहेमा आर्थिक गतिविधिमा असर पर्नुका साथै सरकारी वित्तमा दबाब पर्न सक्ने बताइएको छ । त्यस्तै, सैन्य द्वन्द्व र व्यापार अवरोधसम्बन्धी अनिश्चितताले निर्यातमा सुधार ढिलो गराउन र आर्थिक वृद्धिमा असर पार्न सक्ने मन्त्रालयले जनाएको छ ।

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव
    इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.