• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

इराकबाट अमेरिकी सेना हट्दै


  •   बुधबार, असोज १४, २०८३ मा प्रकाशित
  • बगदाद । एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ । इस्लामिक स्टेटलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेलेको गठबन्धन पछिल्ला वर्षमा इराकमा राजनीतिक तथा सुरक्षा तनाव पनि बढाएको थियो ।

    Advertisement

    सन् २०१४ मा इस्लामिक स्टेट समूहले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यसविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन सेना दुवै देशमा पुगेका थिए । उक्त समूहले ठूलो संख्यामा मानिसको हत्या र विभिन्न हिंसात्मक गतिविधि गरेको थियो ।

    इराकमा इस्लामिक स्टेट सन् २०१७ र सिरियामा सन् २०१९ मा पराजित भए पनि समूहका बाँकी सदस्यविरुद्ध कारबाही गर्न गठबन्धन सेना इराकमा रहँदै आएका थिए ।

    इराक र अमेरिकाबीच सन् २०२४ मा गठबन्धनको सैन्य अभियान अन्त्य गर्ने सहमति भएको थियो । त्यसपछि गठबन्धनका सैनिकले देशभरका विभिन्न सैन्य आधार छाड्दै आफ्नो उपस्थिति उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित गरेका थिए । त्यहाँबाट पनि उनीहरूको अन्तिम फिर्ती बुधबार हुने तय गरिएको छ ।

    इराकी सरकारले गठबन्धन सेना फिर्ता भएपछि इरानसमर्थित सशस्त्र समूहहरूले आफ्ना हतियार राखिराख्न प्रयोग गर्दै आएको कारण समाप्त हुने अपेक्षा गरेको छ ।

    इराकका प्रधानमन्त्री अली अल–जैदीले गठबन्धन सेना फिर्ता भएको भोलिपल्ट अर्थात् ८८अक्टोबर १ लाई ‘सम्प्रभुता दिवस’८८का रूपमा मनाउनुपर्ने बताउनुभयो । सरकारका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुखहरूले पनि गठबन्धनको फिर्तीले इराकको पूर्ण सम्प्रभुतातर्फको यात्रा अघि बढेको बताएका छन् ।

    सरकारले राज्यको नियन्त्रणबाहिर रहेका हतियारको विषय समाधान गर्नुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री जैदीले सशस्त्र समूहहरूले आफ्ना हतियार राज्यलाई बुझाउनुपर्ने बताउँदै आउनुभएको छ । तर केही शक्तिशाली समूहले हतियार त्याग्न अस्वीकार गरेका छन् ।

    ती समूहहरूले विदेशी सेना फिर्ता हुनुपर्ने मात्र नभई अमेरिकाको राजनीतिक तथा आर्थिक हस्तक्षेप पनि अन्त्य हुनुपर्ने माग राखेका छन् । शक्तिशाली सशस्त्र समूह काताइब हिज्बुल्लाहले अमेरिकी नेतृत्वको सेना फिर्ता हुनु पूर्ण राष्ट्रिय सम्प्रभुतातर्फको सुरुवात भएको बताएको छ । तर उसले सरकारविरुद्ध कडा चेतावनीसमेत दिएको छ ।

    इस्लामिक स्टेटविरुद्धको युद्धका क्रममा अमेरिकी नेतृत्वको गठबन्धन र इरानसमर्थित सशस्त्र समूह दुवैले एउटै शत्रुविरुद्ध लडेका थिए । तर इस्लामिक स्टेट पराजित भएपछि इराकमा विदेशी सेनाको उपस्थितिलाई लिएर दुवै पक्षबीच विवाद बढ्दै गएको थियो ।

    इरान र उसका समर्थित समूहहरूले अमेरिकी सेनालाई हटाउन माग गर्दै ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण गरेका थिए । त्यसको जवाफमा अमेरिकी सेनाले पनि विभिन्न स्थानमा प्रतिकारात्मक कारबाही गरेको थियो ।

    यसैबीच, कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलका बासिन्दा गठबन्धन सेना फिर्ता भएपछि ड्रोन आक्रमणबाट आफ्नो सुरक्षा कसरी हुने भन्ने विषयमा चिन्तित देखिएका छन्। गठबन्धनले यसअघि नै यसै वर्ष सिरियाबाट आफ्नो सेना फिर्ता गरिसकेको छ ।

    बुधबार, असोज १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.