• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

अमेरिका–इरान सम्झौतामा अझै अवरोध


  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • कायरो, १३ असोज । इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी पुनःखोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले प्रयास तीव्र पारेका छन् । प्रस्तावित योजनाअनुसार पहिले जलघाँटी खोल्ने र अमेरिकी नाकाबन्दी हटाउने तथा त्यसपछि प्रतिबन्ध र आणविक विषयमा सहमति खोज्ने तयारी भए पनि दुई पक्षबीच प्रमुख मतभेद कायमै छन् ।

    Advertisement

    तीन क्षेत्रीय र दुई अमेरिकी अधिकारीका अनुसार मध्यस्थकर्ताहरूले दुवै पक्षसँग अप्रत्यक्ष वार्ता गरिरहेका छन् । छलफल भइरहेको मस्यौदाअनुसार इरानले ओमानसँग गर्ने छुट्टै समझदारीअन्तर्गत जलघाँटी पुनःखोलिनेछ र व्यापारिक जहाज आवागमनलाई अस्थायी रूपमा व्यवस्थापन गरिनेछ । यसअघि जलघाँटीमा सुरक्षित जहाज सञ्चालन गराउने प्रयास असफल भएका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले एक साताभित्र जलघाँटी खोल्ने प्रस्ताव सुरुमा अस्वीकार गर्नुभएको थियो । इरानले अमेरिकी बन्दरगाह नाकाबन्दी हटाउनुपर्ने, रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने र तेल बिक्रीमा लगाइएको प्रतिबन्धमा छुट दिनुपर्ने सर्त राखेको बताइएको छ ।

    इरानी विदेशमन्त्री अब्बास अराघची संयुक्त राष्ट्रसङ्घको महासभापछि पनि न्युयोर्कमै रहनुभएको छ । उहाँले कतारी मध्यस्थकर्तासँग पछिल्लो प्रस्तावबारे छलफल गर्ने बताइएको छ । उहाँले महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नुभएको छ । गुटेरेसको कार्यालयले कूटनीतिक प्रयासको स्वागत गर्दै दुवै पक्षलाई वार्तामा बस्न आग्रह गरेको जनाएको छ ।

    अमेरिकी अधिकारीका अनुसार ट्रम्प प्रशासनले आणविक विषयमा ठोस प्रगति नभएसम्म सम्झौता गर्न चाहेको छैन । अमेरिकाले प्रतिबन्धमा राहत तथा केही रोक्का सम्पत्ति फुकुवा गर्न सक्ने भए पनि त्यसका लागि इरानबाट आणविक विषयमा रियायत चाहेको छ । इरानले पनि यस विषयमा लचिलो हुने सङ्केत दिएको बताइएको छ । अमेरिकाले आणविक निरीक्षकलाई इरान प्रवेश दिनेलगायतका रियायत खोजिरहेको क्षेत्रीय अधिकारीले बताएका छन् ।

    अमेरिकी अधिकारीहरूले इरानले ट्रम्पका सर्त स्वीकार गर्नेमा शङ्का व्यक्त गरेका छन् । हर्मुजमा व्यावसायिक जहाजमाथि गोली प्रहार गरेर अन्तरिम समझदारी उल्लङ्घन गरेको घटनापछि इरानका प्रतिबद्धताप्रति अमेरिकाले सावधानी अपनाउने उनीहरूको भनाइ छ । इरानमाथि प्रतिबन्धको प्रभाव बढ्दै जाँदा आफ्नो वार्तास्थिति बलियो हुँदै गएको अमेरिकी अधिकारीहरूको बुझाइ छ ।

    इरानको पछिल्लो प्रस्तावले जुनमा भएको समझदारीका केही विषय समेटे पनि कार्यान्वयनको गति फरक रहेको बताइएको छ । अराघचीले अमेरिकाले योजना स्वीकार गरेपछि सात दिनको समयसीमा सुरु हुने बताउनुभएको थियो ।

    दुवै पक्ष अहिले आर्थिक दबाबमा छन् । हर्मुजमा जहाजमाथि आक्रमणका कारण तेलको मूल्य बढिरहेको छ भने इरान अमेरिकी नौसैनिक नाकाबन्दी र तेल बिक्रीमा असर पार्ने प्रतिबन्धबाट दबाबमा परेको छ । यसबीच क्षेत्रीय देशहरूले क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेका छन् ।

    इरानको पछिल्लो प्रस्तावमा लेबनानसहित सबै मोर्चामा लडाइँ अन्त्य गर्ने विषय पनि समेटिएको छ । यमनमा इरान समर्थित हुथी विद्रोहीहरू बाब अल–मन्देब जलघाँटीको दक्षिणी प्रवेशद्वारमा सक्रिय रहेकाले विश्वव्यापी ऊर्जा बजारमा थप दबाब परेको बताइएको छ । इरानले हुथीहरूको आफ्नै माग रहेको र उनीहरूको साउदी अरेबियासँगको द्वन्द्व अमेरिका–इरान युद्धभन्दा अलग रहेको बताउँदै आएको छ । साथै, हुथी र साउदी पक्षबीच समझदारी गराउन सहयोग गर्न आफूहरू तयार रहेको इरानी अधिकारीहरूले बताएका छन् ।

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.