• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

नासा र बोइङद्वारा स्टारलाइनरका आगामी उडानको योजना सार्वजनिक


  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
  • लस एन्जलस, १३ असोज । अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि ‘स्टारलाइनर–१’ को मानवरहित परीक्षण उडान यसै वर्षको डिसेम्बर वा सन् २०२७ को जनवरीदेखि गर्न सकिने जनाएको छ । त्यसपछि ‘स्टारलाइनर–२’ मार्फत सन् २०२८ मा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखिएको छ ।

    Advertisement

    नासाले स्टारलाइनरका पाँचौँ र छैटौँ उडानका विकल्पसमेत अघि बढाउने योजना सार्वजनिक गरेको छ । साथै, ‘एटलस–भी’ रकेटको अन्तिम उडानपछि स्टारलाइनरलाई मानवसहित अन्तरिक्षमा पठाउन भल्कन रकेट प्रमाणित गर्न बोइङ र युनाइटेड लन्च एलायन्ससँग सहकार्य गर्ने जनाएको छ ।

    नासाका अनुसार स्टारलाइनर–१ को मुख्य उद्देश्य अन्तरिक्षयानमा गरिएका सुधारहरूको प्राविधिक मूल्याङ्कन गर्नु, तापीय वातावरणमा भएको सुधारको परीक्षण गर्नु, प्रणाली प्रमाणीकरणका लागि आवश्यक कार्यसम्पादनसम्बन्धी तथ्याङ्क संकलन गर्नु तथा मानवसहितको आगामी उडानअघि बाँकी जोखिम पहिचान गर्नु हो ।

    नासा प्रशासक जेरेड आइज्याकम्यानले स्टारलाइनर–१ बाट प्राप्त तथ्याङ्कका आधारमा कार्यक्रम अनुसन्धान टोलीले पहिचान गरेका सुधारात्मक कदमहरू कार्यान्वयन गरिने बताउनुभयो । मानवसहितको उडानका लागि आवश्यक परीक्षण र प्रमाणीकरण पूरा गरेपछि सन् २०२८ मा स्टारलाइनर–२ मार्फत अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाउने हालको योजना रहेको उहाँले बताउनुभयो ।

    बोइङको स्टारलाइनरले जुन २०२४ मा पहिलो मानवसहितको परीक्षण उडान गरेको थियो । त्यसमा नासा अन्तरिक्षयात्री बुच विलमोर र सुनी विलियम्स सवार थिए । स्टारलाइनर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक जोडिए पनि उडानका क्रममा केही नियन्त्रण थ्रस्टरले अपेक्षाअनुसार काम नगरेका थिए र हिलियम ग्यास चुहावटसमेत देखिएको थियो ।

    त्यसपछि नासाले स्टारलाइनरलाई अन्तरिक्षयात्रीबिना पृथ्वीमा फर्काउने निर्णय गरेको थियो । विलमोर र विलियम्स भने पछि स्पेसएक्स ड्रागन यानमार्फत मार्च २०२५ मा पृथ्वी फर्किएका थिए ।

    नासाले गत फेब्रुअरीमा २०२४ को मानवसहितको परीक्षण उडानबारे आफ्नो कार्यक्रम अनुसन्धान टोलीको निष्कर्ष सार्वजनिक गरेको थियो । टोलीले नासाका लागि ६१ वटा सिफारिस गरेको थियो ।

    ती निष्कर्षका आधारमा बोइङले स्टारलाइनरको सेवा मोड्युलमा तापीय सुधार गरेको छ, जसको मूल्याङ्कन स्टारलाइनर–१ मा गरिनेछ । नासा र बोइङले भविष्यका मानवसहितका उडानलाई प्रमाणीकरण गर्न थ्रस्टर भल्भको डिजाइनमा थप सुधार गर्ने निर्णय पनि गरेका छन् ।

    स्टारलाइनर–१ पछि सेवा मोड्युलको थ्रस्टर भल्भ डिजाइन सुधार पूरा गरिने नासाले जनाएको छ । बोइङले चालकदल मोड्युलमा नयाँ थ्रस्टर र ब्याट्री जडान गर्नुका साथै कार्यसम्पादन र विश्वसनीयता सुधार गर्न प्यारासुट प्रणालीमा समेत केही परिवर्तन गर्नेछ ।

    मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.