• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह


  •   सोमबार, असोज १२, २०८३ मा प्रकाशित
  • किएभ, १२ असोज  । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभसहित विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको बताउँदै रुसमाथि थप कडा अन्तर्राष्ट्रिय दबाब र प्रतिबन्ध लगाउन आग्रह गर्नुभएको छ । उहाँले रुसी आक्रमणमा सर्वसाधारणको मृत्यु, दर्जनौँ घाइते तथा नागरिक पूर्वाधारमा क्षति भएको बताउँदै त्यस्ता आक्रमणलाई ‘आतङ्कवाद’ भन्नुभएको छ ।

    Advertisement

    एक्समा आइतबार पोस्ट गर्दै उहाँले रुसी जेट इन्जिनयुक्त ड्रोनले किएभका दुई बालविकास केन्द्र, दुई विद्यालय, आवासीय भवन, मोटर मर्मत केन्द्र, गोदाम तथा सञ्चार संरचनामा आक्रमण गरेको दाबी गर्नुभयो । उहाँका अनुसार अघिल्लो दिनदेखि रुसले २७७ वटा आक्रमणकारी ड्रोन प्रयोग गरेकोमा १५५ वटा जेट इन्जिनयुक्त थिए । किएभमा साउदी अरबका राजदूतको निवासका रूपमा प्रयोग भइरहेको भवन तथा डिनिप्रोको खेलकुद विद्यालय र सुमीको क्षेत्रीय बालगृहमा समेत क्षति पुगेको उहाँले बताउनुभयो ।

    रुसले तनाव कम गर्ने दिशामा अघि बढिरहेको दाबीप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले त्यस्तो तयारी भए किएभमा यति ठूलो ड्रोन आक्रमण नहुने बताउनुभयो । उहाँले रुसले कूटनीतिक सङ्केतमार्फत युद्धप्रतिको अन्तर्राष्ट्रिय प्रतिक्रियामा ढिलाइ गराउने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।

    उहाँले अमेरिकी प्रतिबन्धसम्बन्धी कानून कार्यान्वयन गर्न तथा जी–७ र जी–२० का साझेदारसहित अन्तर्राष्ट्रिय समुदायबाट रुसमाथि थप दबाब दिन आग्रह गर्नुभयो । रुसी वित्तीय सञ्जाल, हतियार उत्पादनमा प्रयोग हुने सामग्री तथा उपकरणको आपूर्ति सञ्जाल र ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादनमा संलग्न कम्पनी तथा व्यक्तिविरुद्ध नयाँ प्रतिबन्धका प्याकेज तयार भइरहेको उहाँले बताउनुभयो ।

    यसैबीच, रुसी समाचार संस्था तासका अनुसार युक्रेनको सशस्त्र बलले पछिल्लो २४ घण्टामा डोनेट्स्क जनगणतन्त्रको आवासीय क्षेत्रमा ११ पटक गोलाबारी गरेको रुसी पक्षले जनाएको छ । गोलाबारीबाट दुई आवासीय भवन र दुई नागरिक पूर्वाधारमा क्षति पुगे पनि सर्वसाधारणतर्फ कुनै हताहत नभएको जनाइएको छ ।

    रुसी रक्षा मन्त्रालयले रुसका विभिन्न क्षेत्र तथा कृष्ण सागरमा ४३ वटा युक्रेनी ड्रोन नष्ट गरेको तथा किएभको ओमेगा टेलिकम तथ्याङ्क केन्द्र, ओडेसाको नोभाया पोच्टा रसद केन्द्र र सैन्य उपकरण बोकेको कार्गो जहाजमा आक्रमण गरेको दाबी गरेको छ । यी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।

    यसअघि सेप्टेम्बर २६ मा राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै युद्ध समाधान गर्न चाहेको बताउनुभएको थियो । यसैबीच, राष्ट्रपति जेलेन्स्कीले सेप्टेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै भारतसहित ४६ देशलाई आफ्ना नागरिकलाई छल र विभिन्न उपायमार्फत युद्धमा संलग्न हुनबाट रोक्न आग्रह गर्नुभएको थियो ।

    सोमबार, असोज १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • २.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ३.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ४.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ५.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ६.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ७.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ८.
      वेदकालीन समाज

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.