• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

पूर्वप्रधानन्यायाधीश जबरा रिहा

आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

पर्वतको सेतीबेणीका ५० घर डुबानमा

लोकप्रिय समाचार

  • १. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • २. हार्दिक शुभकामना

  • ३. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ४. मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

  • ५. गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

  • ६. मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • ७. २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

  • ८. युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

  • ९. युगदर्शन अनलाइनको आठौँ वर्ष प्रवेशमा हार्दिक बधाई तथा शुभकामना

  • १०. कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा


  •   शनिबार, असोज १०, २०८३ मा प्रकाशित
  • बैंकक,१० असोज । थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ।

    Advertisement

    विपद् घोषणा भएपछि स्थानीय निकाय तथा सम्बन्धित संस्थाहरूले आवश्यक उद्धार र राहतका कदम चाल्न सक्नेछन्। बैंककका गभर्नरका अनुसार बिहीबार दिउँसोदेखि राजधानीमा करिब ३०० मिलिमिटर वर्षा भइसकेको छ।

    मध्य बैंककको उत्तरतर्फ नहर नजिकै बस्ने ६७ वर्षीया सोमकित फ्युक–ङामले पानी कम्मरसम्म पुगेको बताउनुभएको छ । लगातारको डुबानका कारण उनले दुई दिनदेखि आफ्नो पसल बन्द गर्नुभएको छ। ।

    “पानी निरन्तर बढिरहेको छ। अहिले बाहिर निस्कन निकै कठिन छ। यसपटकको डुबान सन् २०११ को बाढीभन्दा पनि गम्भीर देखिन्छ।”

    सन् २०११ मा थाइल्यान्डमा आएको भीषण बाढीका कारण ५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने लाखौँ घरमा क्षति पुगेको थियो।

    बिहीबार दिउँसोदेखि लगातारजसो वर्षा भएपछि बैंककका सडक डुबानमा परेका छन्। राजधानीका नहरमा पानीको सतह बढ्दा नहर आसपासका धेरै घर र रेस्टुरेन्टमा पानी पसेको छ।

    आरी क्षेत्रमा मोटरसाइकल चलाउने साम्रुआय नाक्कामनुएङले काममा जान घरबाट निस्कँदा अगाडिको सडक पूरै डुबेको बताउनुभयो । “यति धेरै पानीमा मेरो मोटरसाइकल चलाउन सकिएला कि नसकिएला भन्ने चिन्ता लागेको थियो,” उहाँले भन्नुभयो ।

    दक्षिणपूर्वी क्षेत्रमा पर्ने अन नुतमा स्थानीय बासिन्दाहरू घुँडासम्म आउने बाढीको पानीमा हिँडिरहेका देखिएका थिए। कतिपयले घर सुरक्षित राख्न बालुवाले भरिएका बोरा पनि तयार गरिरहेका थिए।

    नहरहरू पानीले भरिए

    बैंककका गभर्नर चादचार्त सिटिपुन्तले राजधानीको पूर्वी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउनुभएको छ । उहाँले थप वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो।

    “वर्षा निरन्तर भइरहेको छ। हामी पानी बाहिर निकाल्न सक्दो प्रयास गरिरहेका छौँ, तर नहरहरू पनि पानीले भरिएका छन्,” उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभयो ।

    नहर आसपास बसोबास गर्ने मानिसहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै उहाँले राजधानीका सबै नहर लगभग भरिइसकेको बताउनुभयो।

    जीवनरक्षक स्वास्थ्य उपकरणमा निर्भर शय्यामा रहेका बिरामीहरूलाई केही समयका लागि अस्पतालमा सुरक्षित स्थानान्तरण गर्न पनि गभर्नरले सुझाव दिनुभएको छ । साथै, स्थानीय बासिन्दालाई आफ्ना सवारीसाधन अग्लो स्थानमा सार्न आग्रह गरिएको छ।

    बैंककको सार्वजनिक यातायात निकायले अक्टोबर २ सम्म सवारीसाधन सुरक्षित राख्नका लागि रेल सेवाका ‘पार्क एन्ड राइड’ पार्किङस्थल निःशुल्क प्रयोग गर्न दिने व्यवस्था गरेको छ।

    विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार आइतबारसम्म पूर्वी, उत्तरपूर्वी तथा मध्य थाइल्यान्डमा न्यून चापको प्रभाव रहनेछ। यसका कारण आकस्मिक बाढी, पहाडी क्षेत्रबाट बग्ने पानी, पहिरो तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको विभागले चेतावनी दिएको छ।

    शनिबार, असोज १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित
    पूर्वप्रधानन्यायाधीश जबरा रिहा
    आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह
    हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ
    क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु
    पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    • २.
      हार्दिक शुभकामना

    • ३.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ४.
      मसालका पार्टीसदस्य पूर्णबहादुर केसीको हैदरावाद निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

    • ५.
      गुल्मीका कृष्णबहादुर थापाको हैदरावादमा निधन, मूल प्रवाहले शव नेपाल पठायो

    • ६.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      बैङ्ककमा भीषण बाढी, हजारौं नागरिक विस्थापित

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरा रिहा

    • ३.
      आवासीय चिकित्सक फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको आग्रह

    • ४.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ५.
      क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु

    • ६.
      पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    • ७.
      नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

    • ८.
      रुसी आक्रमणबाट युक्रेनको २५ प्रतिशत इन्टरनेट पूर्वाधारमा क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.