हे… सुन्नुहोला आमा बुबा सुन्नुहोला दिदी भाइ
परदेशीको दुःख पीडा भन्छु सरकारलाई ।
प्रदेशमा काम गर्छौं ज्यानको बाजी लाएर
कहिले भोकै बस्नु पर्छ पानी खाएर ।
भोक तिर्खा रातदिन नभनेर दाजुभाइ
हिँडेका छन् पीडितको उद्धार गर्नलाई ।
के काम लाग्यो सरकार हाम्ले डिग्री पढेर
अर्काको देश बनाउन अघि बढेर ।
कति दुःख गर्ने होर विदेशीको बाटोमा
गरी खान देऊ न सरकार आफ्नै माटोमा ।
नेपालमा जागिर छैन विदेसिन बाध्य भए
हाम्रा देशका सरकार किन यस्ता भए ।
विकास खोल सरकार आफ्नै देशमा गरिन्छ
जस्तो सुकै आइ परेनी अघि बढिन्छ ।
अरू देशमा हेर सरकार विकासको खानि छ
हाम्रो देशमा हेर सरकार मारामारी छ ।
आजभोली सरकार खै कता हो हराको
कानुनको फलो गर्न किन डराको ।
देशमा शान्ति हुने थियो कानुन कडा भए त
गरिब दुःखी पीडितले न्याय पाए त ।
कानुन बनाउ सरकार पीडितलाई न्याय देउ
देशमै काम चाहियो हाम्लाई विकास खोलिदेउ ।
जस्तो देखें त्यस्तै लेखे देश बनाउन सरकार
देश बनाए जनताले गर्छन् संस्कार ।
सुन्नी हाम्रा श्रोताहरु लेख्नी मेरो कलम
यो गीतलाई फलो गर्नु सबलाई सलाम ।
✍ रचनाकार : गोमा ढुंगाना
(हाल यूएई)