• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

तिजको सन्दर्भमा सकारात्मक पाटो गौण हो : निनु चापागाईं


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर

    Advertisement

    काठमाडौँ । वरिष्ठ समालोचक निनु चापागाईंले तिजको सन्दर्भमा सकारात्मक पाटो गौण भएको बताउनुभएको छ । ‘तिजका सकारात्मक पाटा छन्’ उहाँले भन्नुभयो– ‘तर ती सकारात्मक पाटा तिजको मुख्य पक्ष होइन, बरु नकारात्मक पाटा नै मुख्य पाटो हो ।’

    प्रगतिशील लेखक सङ्घ काठमाडौँको आयोजनमा २०७७ साउन ३० गते आयोजित भर्चुअल अन्तरक्रियामा अतिथि वक्ताको रूपमा मन्तव्य राख्दै उहाँले तिज मूलतः धार्मिक चाड भएको बताउनुभयो । ‘तिज मूलतः हिन्दु उच्चजातिका महिलाको पर्व हो’ उहाँले अगाडि भन्नुभयो– ‘व्यावहारिक रूपबाट हेर्ने हो भने तिज आम महिलाको पर्व होइन ।’ उहाँले तिजलाई लिङ्गवादी चाड बताउनुभयो । ‘तिज महिलाहरूको लिङ्गवादी चाड हो, ठिक त्यसैगरी, जसरी जनैपूर्णिमा पुरुषवादी पर्व हो’ उहाँले भन्नुभयो ।

    स्वस्थानी कथाकै अर्को स्वरूप तिजको प्रसङ्गमा पनि आएको बताउँदै उहाँले हिन्दु धर्मको महिलाप्रतिको दृष्टिकोण भानुभक्तको “बधुशिक्षा” मार्फत् प्रकट भएको बताउनुभयो । उहाँले तिजलाई होइन, प्रगतिशील सोच राख्नेहरूले ८ मार्चलाई महिलाको महान् पर्वको रूपमा मनाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रगतिवादीहरू ‘इभोल्युसन (विकासवाद) तर्फ होइन, रिभोल्युसन (क्रान्ति) तर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले समाजमा विद्यमान धार्मिक रीतिरिवाजले महिलालाई कमजोर रूपमा प्रस्तुत गरेको बताउनुभयो । ‘स्थिति कहाँसम्म पुगेको छ भने यस्तो शिक्षाबाट स्वयम् महिलाले नै आफूलाई हीन, कमजोर महशुस गर्न थालेका छन्’ महिलानेतृ पुनले भन्नुभयो । तिजको सन्दर्भमा पतिको दीर्घायुका लागि ब्रत बस्ने र रजस्वलासँग जोडिएको पापको प्रसङ्ग अत्यन्तै रूढीवादी तथा अन्धविश्वासपूर्ण भएको बताउनुभयो ।

    ‘तिजमा ब्रत बसेर पतिको आयु लम्बिदैन’ पुनले अगाडि भन्नुभयो– ‘कहिलेकाहीँ ब्रत बस्दा स्वास्थ्यलाभ हुन सक्छ, यसरी ब्रत बस्ने महिलाको आयु लम्बिन सक्छ ।’ उहाँले वास्तवमा पतिपत्नीको माझमा मायाप्रेम र सुमधुर सम्बन्ध कायम भएमा उनीहरू दुवै दीर्घायु हुन सक्ने बताउनुभयो । ब्रत र रजस्वलाका बारेमा शहरमा बस्ने पढेलेखेका महिलामा नै अन्धविश्वास रहेको बताउँदै पुनले भन्नुभयो– ‘शहरकै महिला रजस्वला भएका बेला बगैँचामा जान्नन्, त्यहाँको फलफूलको बोटलाई छुँदैनन् ।’ उहाँले ब्रतप्रतिको विश्वास शहरमा पनि त्यत्तिकै रहेको बताउनुभयो ।

    अर्का वक्ता डा. यादेवी ढकालले तिजको अवसरमा मनको वेदना पोख्न पाइने, माइत जान पाइने भए पनि अहिलेको तिज पुँजीवाद र उपभोक्तावादले गाँजिएको बताउनुभयो । ‘एनजिओले दर खुवाइदिएपछि तिज महिनौँसम्म  मनाउन थालिएको छ’ डा. ढकालले भन्नुभयो– ‘तिज अहिले पुँजीवादी बजारद्वारा मार्गनिर्देशित हुँदै छ ।’ तिजलाई पूर्णतः बहिष्कार गर्नुभन्दा त्यसमा सामेल भएर रूपान्तरणमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि प्रलेसका केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले चाडवाड, लोकमिथकमा भएका सकारात्मक पक्षलाई ग्रहण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले सकारात्मक पक्ष जहाँ, जुन रूपमा भए पनि त्यसको प्रगतिशील उपयोगतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

    महासचिव समीर सिंह, कोषाध्यक्ष प्रा.डा धु्रवकुमार घिमिरे, पूर्व अध्यक्ष तथा सल्लाहकारहरू मातृका पोखरेल, अमर गिरीसमेतको आतिथ्यता रहेको सो कार्यक्रमको अध्यक्षता प्रलेस काठमाडौँका अध्यक्ष कौशिला रिसालले गर्नुभएको थियो । सचिव सुवास जिसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपाध्यक्ष देवकुमारी लुइटेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य ज्ञानु विद्रोहीले फ्लोरबाट उठेका प्रश्नको संयोजन गर्नुभएको थियो ।

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.