• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

महोत्तरी बढ्दैछ कोदोखेती

ओमानमाथि नेपालको जित

काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. प्रकृति विरुद्ध मानिसको लडाइँ

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • १०. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास


  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    ‘अमेरिका सपना’ नाम दिइएको कथासङ्ग्रहका लेखक रोमन अधिकारी उदयपुर जिल्लाको नेपालटारमा जन्मेका साहित्यप्रति विशेष अनुराग भएका कथाकार हुन् । हाल उनी अमेरिकाको न्युयोर्क सिटीमा बस्दै आएको करिब डेढ दशकभन्दा बढी भइसकेको छ । यसभन्दा अगाडि उनले ‘सन्ध्या’ नामको उपन्यास लेखिसकेका छन् भने ‘अमेरिका सपना’ कथासङ्ग्रहको माध्यमबाट उनले कथाको क्षेत्रमा सार्थक उपस्थिति जनाएका छन् । यो कथासङ्ग्रह उनको दोस्रो कृति हो ।

    ‘अमेरिका सपना’ कथासङ्ग्रहमा ‘संयोग’, ‘अमेरिका सपना’, ‘सम्बन्ध’, ‘रहर जिन्दगीको’, ‘क्लेप्टोमेनिया’, ‘यात्रा जिन्दगीको’, ‘विवशता’, ‘केयर सेन्टरको कथा’ गरी कुल ८ थान कथा सङ्गृहीत छन् ।

    उदयपुरमा जन्मेर हाल अमेरिकामा कर्मक्षेत्र बनाइरहेका अधिकारीले अमेरिकामा रहँदा देखेभोगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका जीवन्त विषयवस्तुलाई कथाको रूपमा उतार्ने प्रयत्न गरेका छन् । नेपालदेखि अमेरिकासम्मको यात्रामा उनले देखेभोगेको नेपाली जनजीवनको रूपरङबाटै उनका कथाका जमिन, विषयवस्तु, पात्र, कथ्य र भावभूमि तयार भएको देखिन्छ । रूढिवादी अन्धविश्वास, बेरोजगारी, गरिबी, जातीय तथा सामाजिक विभेद र भ्रष्टाचारयुक्त समाजबाट पिल्सिएका निम्न मध्यमवर्गीय नेपाली जनसमुदायको दु:ख, पीडा, कथा, व्यथा र उनीहरूले अपनाउने चिन्तन प्रवृत्तिलाई कथाकारले आफ्ना कथामा रोचक र मार्मिक रूपमा चित्रण गरेका छन् ।

    अधिकारीका कथालाई सामाजिक यथार्थवादी कथाको रूपमा लिन सकिन्छ । विशेष गरी नेपालमा रहँदा नेपालीको अवस्था र अमेरिकामा पुगेपछि उनीहरूमा आएको परिवर्तनको अवस्थालाई उनले आफ्ना कथामा कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । अमेरिकामा रहने नेपालीको पारिवारिक सम्बन्ध र जीवन व्यतित गर्ने अनौठा चित्रणहरू, जुन नेपाली समाजमा अपाच्य लाग्ने गर्दछ, यस्ता चरित्र चित्रण पनि हामीले उनका कथामा भेट्न सक्छौँ ।

    ‘संयोग’ नामको उनको पहिलो कथामा सरिता निलमको लोग्नेसँग र निलम सरिताको लोग्नेसँग एकअर्काको लोग्नेस्वास्नी मिलेर छुट्टाछुट्टै फिल्म हेर्न जानु र यो कुरा लोग्नेस्वास्नीबिच जानकारीसम्म नहुनुले अमेरिकामा बस्ने कतिपयमा यो कस्तो खालको पारिवारिक र प्रेमसम्बन्ध कायम रहँदो रहेछ भन्ने कुरालाई उदाहरणको रूपमा लिन सकिन्छ ।

    यसैगरी कथाकारले आफ्नो कथामा मानिसहरू धेरै धनसम्पत्ति कसरी कमाउँछन् भन्ने विषयको पनि सुुन्दर चित्रण गरेका छन् । टाँठाबाठाले ठुला पदमा पुगेर, मन्त्रीजस्ता ठुला मानिसको पहुँचमा पुगेर, सहकारी, क्लबजस्ता सङ्घसंस्था चलाएर, भ्रष्टाचार गरेर प्रशस्त धनसम्पत्ति कमाउने गरेको र धनी बनेको तर यो कुरा सर्वसाधारणले बुझ्नसम्म नसकेको र प्रश्नसम्म गर्न नसकेको बरु उल्टै यसरी धनी हुनेलाई मानिसले भाग्यमा विश्वास गर्ने गरेको यथार्थतालाई पनि कथाकारले आफ्ना कथामा प्रतिबिम्बित गरेका छन् ।

    प्रशस्त धनसम्पत्ति जोड्ने र सुखसयलको जिन्दगी बिताउने आकाङ्क्षाले कैयौँ नेपाली अमेरिका पस्ने गरेको, सुरुमा उनीहरूमा आफ्नो देश, समाज, धर्म र संस्कृतिप्रति अपार अनुराग हुने गरेको तर जब उनीहरू अमेरिकाको वातावरणको प्रभावमा पर्दै र विभिन्न प्रलोभनमा फस्दै आफ्नो देश, आफ्नो समाज बिर्सने गरेको तितो यथार्थलाई पनि कथाकारले आफ्नो कथामा सजीव ढङ्गले उतार्ने गरेका छन् । कैयौँ नेपाली आफ्नै देशमा थुप्रै अवसर हुँदाहुँदै पनि वा घरमा सबै प्रकारका सुखसुविधा हुँदाहुँदै पनि रहरले भनौँ या अरू नै अनावश्यक महत्त्वाकाङ्क्षाले भनौँ, देश छोडेर अमेरिका पुगेका हुन्छन् तर अमेरिकामा उनीहरूलाई भनेजस्तो अवसर पाइँदैन । त्यहाँ जोडिन पुगेका सम्बन्ध पनि सोचेजस्तो हुँदैनन् अनि अनेक समस्याले जकडिएर डिप्रेसनको शिकार भएर बाँच्नुपरेका नेपालीको जीवनलाई पनि उनले ‘अमेरिका सपना’ कथासङ्ग्रहभित्र मार्मिक चित्रण गरेका छन् ।

    लेखक अधिकारीसँगै कथाकृति ‘अमेरिका सपना’

     

     

     

    कैयौँ नेपाली देशमा कलाकार भएर वा सामाजिक काम गरेर कुनै न कुनै प्रकारको मानसम्मान र ख्याति कमाइसकेका हुन्छन् तर पनि धनसम्पत्ति र मानसम्मानलाई हेर्ने परिवार वा समाजको गलत दृष्टिकोणका कारणले उनीहरू अमेरिकातर्फ धकेलिन बाध्य पारिएको परिवेश पनि कथामा समेटिएका छन् । कैयौँ नेपाली आफ्नो चलाखी र क्षमता प्रयोग गरेर अमेरिकामा प्रशस्त धनसम्पति त जोड्ने गर्छन तर उनीहरूलाई अर्काको भूमिमा मानसिक र आत्मिक शान्ति मिलिरहेको हुँदैन । भौतिक सम्पत्तिले जीवन सम्पन्न भएर के गर्ने ? उनीहरूमा आत्मिक शान्ति नभएको यथार्थको उनले कथामा प्रकाश पारेका छन् ।

    कथाकार अधिकारीले आफ्नो कथासङ्ग्रहमा दार्शनिक विषयवस्तुमा पनि गहिरो मन्थन गरेका छन् । किन मानिसले आफूले मान्ने गरेको धर्म र ईश्वरलाई मात्र सत्य ठान्दछ ? किन अर्काले मान्ने गरेको धर्म र ईश्वरलाई मिथ्या मान्दछ ? मान्छेको शरीर के हो ? यो विश्वब्रह्माण्डको सृष्टि कसरी भयो ? आफै बनेको वा ईश्वरले बनाएको हो ? ज्ञान, भक्ति र कर्ममा श्रेष्ठ मार्ग के हुन सक्छ ? हामीले पूर्वजन्मको फल भोगिरहेका छौँ कि यसै जन्मको कर्मको फल भोगिरहेका छौँ ? हामीले गर्ने भोजन शाकाहारी किन हुनुपर्ने ? यौवन के हो ? सेक्स, पैसा र पावरलाई सन्तुलनमा किन राख्नुपर्ने ? मानिस आस्तिक वा नास्तिक के हुने ? विज्ञानलाई कसरी हेर्ने ? यस्ता अनेकौँ दार्शनिक प्रश्नको जबाफ कथामार्फत खोतल्ने प्रयत्न गरिएको छ ।

    यसका साथै कैयौँ मानिसका बिचको प्रेमसम्बन्धसमेत धनपैसाको आधारमा कायम हुने गरेको तथ्य पनि कथासङ्ग्रहमा उजागर गरिएको छ । यहाँसम्म कि आफ्नो आम्दानीभन्दा कम छ भने आफ्नै श्रीमान्लाई समेत श्रीमतीले अपहेलना गर्ने गरेको वा राम्रो माया दिन नसकेको दृश्यचित्र कथासङ्ग्रहमा प्रस्तुत गरिएको छ । यसरी यो कथासङ्ग्रहले पाठकलाई विशेषत: अमेरिका बुझ्न धेरै सजिलो बनाइदिएको छ । बाहिरबाट हेर्दा अमेरिका सबै कुराले सुसम्पन्न र पूर्णजस्तो लाग्छ तर अमेरिका पनि पूर्ण छैन । त्यहाँ पनि गरिबी, दु:ख र अभाव छ । भौतिक सम्पन्नता भएकाहरू पनि मानसिक तनाव र भावनात्मक दु:खमा तड्पिरहेका छन् । बाहिरबाट हेर्दा भौतिक सुख देखिए पनि त्यहाँ कैयौँलाई साँचो मायाप्रेम र करुणाको अभावका बाँँच्नुपरिरहेको छ । एक्लोपन र निरस जीवन जिउनुपरेको छ । विशेषत: अमेरिकामा पुगेका नेपालीको भौतिक सफलतासँगै कैयौँ असफलताका प्रतिबिम्ब कथाकार अधिकारीले यस कथासङ्ग्रहमा उतार्ने प्रयास गरेका छन् ।

    ‘अमेरिका सपना’ कथासङ्ग्रहमा समेटिएका कथाहरू रोचक छन् । घटना स्वाभाविक छन् । कथामा समस्याको व्यापक उठान गरिएको छ तर समाधानको उपायमा कथाहरू मौनजस्ता देखिन्छन् । समस्याका कारण के हुन सक्छ भन्नेबारे पनि कथा स्पस्ट नभएको प्रतीत हुन्छ । जीवन र जगत्लाई हेर्ने वा बुझ्ने प्रश्नमा गहिरो दार्शनिक विषयको उठान गरिएको छ तर मानिसले यो जीवन र जगत्लाई जान्ने, बुझ्ने सवालमा कस्तो दृष्टिकोण अपनाउँदा सही हुन्छ भन्ने विषयमा कथाकार अलमलमा परेकोजस्तो देखिन्छ ।

    कथासङ्ग्रमा सङ्गृहीत कथाहरू रहस्यमा टुङ्गिएका छन् । अब के हुँदैछ वा हुने हो भन्ने उत्सुकतामा पुर्‍याएर कथाको बिट मारिएको देखिन्छ । कथामा चयन गरिएका पात्र जीवन्त छन् । अर्थार्जनको लागि बाहिरबाट अमेरिका गएर काम गरिरहेका पात्रका मनोविज्ञानलाई कथाकारले नजिकबाट प्रस्तुत गरेका छन् । कथाहरूको परिवेशमा नेपालका तराईको गाउँ, काठमाडौँ, मेचीदेखि अमेरिकाका सहर समेटिएका छन् । विशेष गरी नेपाली समाजको सामाजिक संरचना, जातीय सम्बन्ध र नेपालको चाडपर्व, धर्मसंस्कृति आदिको चित्रणले कथालाई यथार्थपरक बनाएको छ

    कथाकारको भाषा सरल, प्रवाहपूर्ण छ । कतैकतै अङ्ग्रजी र बङ्गालीजस्ता भाषाबाट गरिएको संवादले कथालाई थप रोचक बनाएको छ तर कथाकार स्वम्ले कतिपय स्थानमा प्रयोग गरेका अङ्ग्रेजी शब्दले साधारण पाठकलाई अलमलमा पार्ने बढी सम्भावना देखिन्छ । कथाकारले प्रयोग गरिएका ती अङ्ग्रेजी शब्द, जसलाई शुद्ध नेपाली भाषाबाटै पनि प्रस्तुत गर्न सकिन्थ्यो, त्यसो गरिएको भए उचित हुन्थ्यो ।

    कथासङ्ग्रहमा सङ्गृहीत दोस्रो कथाको शीर्षकबाट कथासङ्ग्रहको नाम जुराइएको छ । यो नामले ‘अमेरिका सपना’ शीर्षकको कथालाई मात्र सङ्केत गर्दैन, यसले कृतिमा प्रस्तुत सम्पूर्ण कथाका विषयवस्तुलाई प्रतिनिधित्व गर्दछ । त्यसैले शीर्षक अर्थपूर्ण र सुहाउँदो देखिन्छ ।

    ‘अमेरिका सपना’ कथासङ्ग्रह समकालीन नेपाली समाजको जल्दोबल्दो समस्याको रूपमा रहेको नेपालीका अमेरिका पलायनको पक्षलाई कथात्मक ढङ्गले प्रस्तुत गरिएको कृति हो । यस सङ्ग्रहमा समावेश कथाहरूले विशेषत: ग्रामीण जीवन, सामाजिक विभेद, पारिवारिक सम्बन्ध र मानवीय संवेदनाका विषयलाई केन्द्रमा राखेका छन् । विविध परिस्थितिको कारण देश छोडेर विदेशिन बाध्य हुनुपरे पनि अर्थात् शरीर विदेशमा भए पनि मन देशतिरै हुने गरेको र विदेशिएका नेपालीमा देशप्रेमको भावना कहिल्यै नमर्ने सन्देश सम्प्रेषण गर्ने उद्देश्य यस कृतिमार्फत कथाकारले लिएको देखिन्छ ।

    कथाकारले सामान्य जीवनका घटनालाई कथाको विषयवस्तु बनाएर समाजका गहिरा समस्या र अन्तर्विरोधतर्फ पाठकको ध्यान आकर्षित गरेका छन् । अमेरिकालाई सपनाको देश बनाएर अमेरिका पुगेका नेपालीको जीवनचरित्र बुझ्नको लागि कथाकार अधिकारीको ‘अमेरिका सपना’ नामको कथासङ्ग्रहलाई एउटा महत्त्वपूर्ण कृतिको रूपमा लिन सकिन्छ ।

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै
    लाइनमा छु
    जिम्मेवार बन (तिजगीत)
    ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक
    न्याय खोई ?
    रुने बनायो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      प्रकृति विरुद्ध मानिसको लडाइँ

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिका हुँदै

    • २.
      इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि

    • ३.
      रोमन अधिकारीको ‘अमेरिका सपना’ : अमेरिका पुगेका नेपालीलाई बुझ्ने प्रयास

    • ४.
      जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      भोटेकोशी बाढी : मृतकको सङ्ख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

    • ७.
      महोत्तरी बढ्दैछ कोदोखेती

    • ८.
      ओमानमाथि नेपालको जित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.