• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • २. विपत्तिकाे सामना

  • ३. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ६. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ७. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ८. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ९. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • १०. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण


  •   बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
  • सियोल । इरानले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्दै ओमानको खाडी र अरब सागरका केही भागलाई समेत प्रतिबन्धित क्षेत्रमा समेटेपछि अमेरिका–इरान तनाव थप चर्किएको छ ।

    Advertisement

    इरानी रिभोलुसनरी गार्ड्सले बुधबार दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर र १० वटा निर्देशन पालना नगरेका जहाजमाथि कारबाही गरेको जनाएको हाे ।

    गार्ड्सका प्रवक्ता हुसेन मोहेबीले प्रतिबन्धित क्षेत्रमा समन्वय नगरी प्रवेश गर्ने जहाज कारबाहीको दायरामा पर्ने बताउनुभयो । इरानले हर्मुज जलघाँटी प्रयोग गर्ने जहाजले अनुमति लिन र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

    यसबीच, तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार १०१।२१ डलरमा बन्द भएको थियो ।

    हर्मुज जलघाँटीबाट सामान्यतया विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ भाग ओसारपसार हुने गर्छ ।

    इरानले अमेरिकी सेनाले पाँच इरानी तेल ट्याङ्कर नष्ट गरेको जवाफमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको पनि जनाएको छ । जोर्डनले आफ्नो क्षेत्रमा प्रहार गरिएका १८ क्षेप्यास्त्र खसालेको बताएको छ । इरानले अमेरिकी कारबाहीलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा भन्दै सैन्य संरचनामाथिको आक्रमणलाई आत्मरक्षा भनेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको मध्यावधि निर्वाचनपछि युद्ध अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । तर ‘वाल स्ट्रिट जर्नल’ ले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै युद्ध ट्रम्पको कार्यकालको बाँकी दुई वर्षसम्म पनि जारी रहन सक्ने चेतावनी उहाँका वरिष्ठ सल्लाहकारहरूले दिएको जनाएको छ ।

    यसैबीच, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको बोर्ड अफ गभर्नर्सले इरानको आणविक विषय संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पठाउने पक्षमा २३–३ मतले मतदान गरेको छ । रुस, चीन र नाइजरले विपक्षमा मतदान गरेका थिए । इरानले अमेरिकी दबाबमा प्रस्ताव पारित गरिएको भन्दै त्यसको कुनै आधार नभएको जनाएको छ ।

    फेब्रुअरीमा अमेरिका–इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता हर्मुज जलघाँटीबाट हुने अन्तर्राष्ट्रिय आवतजावत लगभग ठप्प छ । जलघाँटी बन्द हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ ।

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • २.
      विपत्तिकाे सामना

    • ३.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ६.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.