मनिराम खनाल #
Advertisement
भोटेकोशी उर्ली आयो विपत्तिलाई लिएर
बिहार गयो नेपालीलाई पीडा दिएर
सरकारको लापर्वाहीले धेरैको ज्यान गएको
बिचल्ली छन् कयौं आज रुँदै बसेको
बेपत्ताका परिवारले खोजी गर्नभन्दा नि
लाजै छैन पीडितलाई गाली गर्दा नि
उद्धार गर्न आउँछौं भने इन्डिया र चाइनाले
रासपाको सरकार छ आउनै पाइन्न रे !
सुरुङभित्र फसेकाको उद्धार गर्न हुन्न रे !
संसारमै यस्तो विधि कहीँ छैन रे !
कार्यकारी प्रमुख छन् इन्जिनियर पढेको
राम्रो काम अहिलेसम्म छैन गरेको
आलोचना गर्न केही सुझाव दिनै नहुने
बार्बारा र टिओबी त रै’छन् बैगुनी
स्टन्ट गर्छन् यिनी जता पनि गएर
अराजनीतिक हुन् केही नि त्यही भएर
विदेशीको वैशाखीमा सत्ता कब्जा पाएर
गर्ने के हुन् नरिवल हातमा ल्याएर
पुनर्निर्माण गर्नुपर्यो राहत दिनू भर्खर
विपत्तिमा जिम्मेवार बन सरकार
