तौलिहवा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटामा राष्ट्रिय जनमोर्चाको वडाभेला सम्पन्न भएको छ ।
जिल्ला समितिका सचिव केरसिंह अदैको प्रमुख आतिथ्यमा २०८३ भदौ २१ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
बेगम बुढाको अध्यक्षतामा सम्पन्न उक्त भेलाले उहाँ नै अध्यक्ष रहनुभएको सल्लाहकारसहित १५ सदस्सीय राजमोको शिवराज–५ वडासमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बुधै थारू, सचिवमा तारा घर्ती, कोषाध्यक्षमा ज्ञानबहादुर थापा तथा सदस्यमा होमबहादुर कुँवर, देवा जिसी, उजिल गिरी, कमला सुनार, राजकुमारी थारू, लक्ष्मी रोकामगर, टीका बुढा, भूवन खनाल र छेदी कुजदा रहनुभएको छ ।
सदस्यको एक स्थान पछि पूर्ति गर्ने गरी रिक्त राखिएको आयोजकले जनाएको छ ।
भेलामा प्रमुख अतिथि अदैले तात्कालिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै राजमोको नीति तथा कार्यक्रम सही हुँदाहुँदै पनि जनताको चेतनास्तर उठाउन नसकिएका कारण पार्टी कमजोर देखिएको धारणा राख्नुभयो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तथा राजमो शिवराज नगर समितिका अध्यक्ष केहरसिंह पुनमगर, जातीय समता समाजका जिल्ला सदस्य मोहन विक र राजमो शिवराज–४ का अध्यक्ष हुसेन मुल्लाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नवनिर्वाचित पदाधिकारीलाई अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य छन्दबहादुर केसीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन अखिल नेपाल महिला सङ्घ शिवराज नगर समितिकी अध्यक्ष तारा घर्तीले तथा स्वागत मन्तव्य बुधै थारूले राख्नुभएको थियो ।