• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

नेकपा (मसाल) द्वारा ३१ बुँदे समसामयिक प्रस्ताव पारित


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले देशमा धर्मनिरपेक्षता र गणतन्त्र समाप्त गरी नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजतन्त्र पुनर्स्थापना गर्ने गतिविधिहरू बढेर गएको ठहर गर्दै तिनलाई रोक्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    Advertisement

    यही साउन २५ र २६ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठक ३१ बुँदे समसायिक प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको नेकपा (मसाल) केन्द्रीय कार्यालयले जनाएको छ ।

    बैठकले संघीयता खारेज गर्नुपर्ने, संसदीय समितिले प्रस्तुत गरेको नागरिकता विधेयक पारित गर्नुपर्ने, एमसीसीको खारेजी, भारतीय साम्राज्यवादको हस्तक्षेपको विरोध र कूटनीतिक वार्ता गर्नुपर्ने लगायतका प्रस्तावहरु पारित गरेको हो ।

    यो पनिः पार्टीमा अनुशासन र एकता कायम गर्न ‘शुद्धीकरण’ गर्ने मसालको निर्णय

    समसामयिक प्रस्तावहरू
    १. देशमा धर्मनिरपेक्षता र गणतन्त्र समाप्त गरी नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजतन्त्र पुनर्स्थापना गर्ने गतिविधिहरू बढेर गएका छन् । तिनलाई रोक्नुपर्ने आवश्यकता छ ।

    २. संघीयता व्यवहारमै अनावश्यक र गलत व्यवस्था भएको प्रस्ट भएको छ । यसलाई छिटै खारेज गर्नुपर्दछ ।

    ३. सरकारद्वारा संसदमा प्रस्तुत नागरिकता ऐन संशोधन विधेयक शीघ्र पारित गर्नुपर्दछ ।

    ४. नेपाललाई मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा सामेल गर्ने अमेरिकी साम्राज्यवादको रणनीतिको विरोध गर्दछौँ ।

    ५. नेपाल समेत हिन्द प्रशान्त क्षेत्रका देसहरूलाई चीन विरोधी मोर्चामा सामेल गर्ने अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको विरोध गर्दछौँ ।

    ६. माथिल्लो कर्णाली जनविद्युत परियोजनाबारे भारतीय बहुराष्ट्रिय कम्पनी जिएमआरसँगको सम्झौता खारेज गरी स्वदेशी लगानीमा उक्त परियोजना कार्यान्वयन गर्न पर्दछ ।

    ७. लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको नेपाली भूभाग फिर्ता गर्न भारतसँग कुटनीतिक पहल जारी गर्दै त्यसबारे अन्तर्राष्ट्रिय तहमा पनि पहल गर्नुपर्दछ ।

    ८. भारतस्थित नेपालीहरूमाथि भइरहेको ज्यादतिलाई रोक्न उच्च कुटनीतिक स्तरमा प्रभावकारी प्रकारले पहल गर्नुपर्छ ।

    ९. विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका नेपालीहरूलाई देशमा ल्याउन र उनीहरूको स्वाव परिक्षण तथा क्बारेन्टाइनमा राख्ने वा उपचारको व्यवस्था गर्नुपर्छ ।

    १०. यतिबेला देशमा तीव्र रूपमा कोरोना फैलिरहेको छ । यसलाई रोक्न प्रभावशाली कदम उठानुपर्छ ।

    ११. बाढी, पहिरो तथा डुवान पीडित जनताको लागि आवश्यक राहतको व्यवस्था गर्नुपर्छ ।

    १२. बाढी पहिरो तथा डुबानको जोखिममा रहेका घर वस्तीहरूको पहिचान गरी तिनलाई स्थानान्तरणको व्यवस्था गर्नुपर्छ ।

    १३. खाद्य, तरकारी लगायतका उपभोग्य वस्तुहरूमा भएको मूल्यवृत्ति नियन्त्रण गर्नुपर्छ ।

    १४. कोरोनाका कारणले धरासायी हुँदै गएका उद्योग, कृषि, व्यापार, पर्यटन आदिको उद्दारका लागि ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्दछ।

    १५. देशमा बढ्दै गएको भ्रष्टाचारका घटनाहरूलाई प्रभावशाली प्रकारले छानवीन गरी कारवाही गर्नुपर्दछ । कोरोना भाइरसको रोकथाम र उपचारका सामाग्री खरिदमा भएको भ्रष्टाचारको छानवीन गरी दोषिलाई कारवाही गर्नुपर्छ ।

    १६. देशमा बढ्दै गएको हत्या, हिंसा, बलात्कारका घटनाहरूलाई रोक्न प्रभावशाली कदम चाल्नुपर्छ ।

    १७. कोरोना भाइरस प्रकोपका कारण डिप्रेसन र आत्महत्या बढ्दै गएको छ । त्यसलाई रोक्न प्रभावकारी कदम उठाउनुपर्छ ।

    १८. भारतीय साम्राज्यवादले जम्मुकश्मिरमाथि गरेको अतिक्रमण बन्द गरी त्यहाँ जनतालाई भारतमा रहने, पाकिस्तानमा रहने वा स्वतन्त्र हुने आत्मनिर्णयको अधिकार दिनुपर्छ ।

    १९. विदेशबाट फिर्ता भएका लाखौँ युवा जनशक्तिलाई रोजगारी र उद्योगको ठोस योजना बनाई लागू गर्नुपर्छ ।

    २०. किसानहरूलाई मल, विउ र सहुलियत कृषि ऋण उपलब्ध गराउनुपर्छ ।

    २१. शिक्षा र स्वास्थ्यलाई व्यापारिकरण गर्ने काम भएको छ । तिनीहरूलाई सार्वजनिक क्षेत्रमा लैजानु पर्छ ।

    २२. कोरोनाका कारण रोजगारी गुमाएका, आंशिक पारिश्रमिक पाएका र असङ्गठित क्षेत्रका मजदुरहरूलाई राहतको व्यवस्था गर्नुपर्छ ।

    २३. ६० वर्ष भन्दा कम उमेरका एकल महिलाको सामाजिक सुरक्षा भत्ता कटौती बन्द हुनुपर्दछ ।

    २४. साना किसान आयोजना र लघुवित्त कार्यक्रममा चर्को र चक्रवृद्धि ब्याज रोकिनुपर्छ ।

    २५. किशोरी निर्मला पन्तका बलात्कारी र हत्यारालाई सार्वजनिक गरिनुपर्दछ ।

    २६. पश्चिम रुकुममा जातीय आधारमा योजनावद्ध, सङ्गठित र सामुहिक रूपले भएको दलितहरूको हत्याकाण्डका दोषिहरूलाई कडा कारवाही हुनुपर्दछ ।

    २७. फरक क्षमता भएका व्यक्तिहरूको हकहितको संरक्षण गरिनुपर्दछ ।

    २८. महिलाहरूमाथिको बलात्कार, हत्या र पारिवारिक हिंसा रोक्न कडा कारवाही गरिनुपर्दछ ।

    २९. वातावरणको संरक्षणका लागि प्रभावशाली कदम चालिनुपर्दछ ।

    ३०. कोरोना भाइरसको परीक्षण र उपचार सम्बन्धी सम्पूर्ण खर्च केन्द्रीय सरकारले व्यहोर्नुपर्दछ ।

    ३१. आणविक हतियार र भट्टिहरूमाथि विश्वव्यापी रूपमा नै रोक लगाइनुपर्छ ।

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.