• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

पार्टीमा अनुशासन र एकता कायम गर्न ‘शुद्धीकरण’ गर्ने मसालको निर्णय


  •   बुधबार, साउन २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टीभित्र एकता र अनुशासन कायम गर्न शुद्धिकरण गर्ने निर्णय गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीको अनुशासन असामान्य रहेको ठहर गर्दै शुद्धीकरण गर्ने निर्णय गरेको हो ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले बुधबार एक वक्तव्य प्रकाशित गरी पार्टी शुद्धीकरण अभियानबारे स्पष्ट पार्नुभएको छ ।

    पार्टीमा देखा परेका अनुशासनहीन प्रवृतिलाई विभिन्न स्तरका कारबाहीद्वारा हल गर्ने प्रयत्न भएपनि सम्भव नभएको महामन्त्री सिंहले बताउनुभएको छ ।

    यस्तो छ, वक्तव्य
    नेकपा (मसाल)को यही २०७७ श्रावण २५ र २६ गते बसेको आकस्मिक बैठकले पार्टीको तात्कालिक संठनात्मक अवस्था र शुद्धीकरण कार्यक्रमबारे कतिपय दस्तावेजहरू पारित गर्नुको साथै कतिपय निर्णयहरू पनि गरेको छ ।

    अहिले बसेको केन्द्रीय समितिको बैठकको मुख्य विषयवस्तु पार्टीमा असामान्य रूपमा देखापरेको संगठनात्मक वा अनुशासनको अवस्था र शुद्धीकरण कार्यक्रमबारे विचार गर्नु नै थियो । केन्द्रीय समितिले यो ठहर गरेको छ कि पार्टीको अहिलेको संठनात्मक र अनुशासनको अवस्था असामान्य प्रकारको छ ।

    महाधिवेशनको बेलामा पार्टीमा तीव्र प्रकारको अन्तरसंघर्ष चलेको थियो । तर त्यो एउटा जिवन्त पार्टीको लक्षण थियो र त्यसले हाम्रो पार्टीमा भएको उच्च जनवादलाई बताउँछ ।

    महाधिवेशनपछि पार्टीमा अराजकता वा अनुशासनविहीनताका प्रवृत्तिहरू कैयौँ रूपमा देखापर्दै गए । हाम्रो पार्टीभित्र कायम भएको अनुशासन र एकताका तुलनामा त्यो गौण पक्ष थियो । तैपनि त्यो पार्टीको मार्क्सवादी–लेनिनवादी संगठनात्मक प्रणाली र जनवादी केन्द्रीयताको सिद्धान्तका विरुद्धको कुरा हो । त्यसकारण त्यसले पार्टीभित्रको अनुशासन र एकता कमजोर पार्ने र पार्टीका राजनीतिक वा संगठनात्मक जिम्मेवारीहरूलाई पूरा गर्न बाधा पुर्‍याउने कुरा स्पष्ट छ । त्यसैले त्यसमाथि विचार गर्न र त्यो अवस्थामा सुधार गर्न तथा मार्कसवादी–लेनिनवादी संगठनात्मक प्रणाली र जनवादी केन्द्रीयताअनुसार पार्टीभित्रको अनुशासन र एकतालाई सुदृढ पार्न केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो र त्यसले त्यसबारे कैयौँ महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

    विश्व कम्युनिस्ट आन्दोलनमा नै आवश्यकताअनुसार सुदृढीकरण वा शुद्धीकरणका कार्यक्रमहरू गर्ने गरिन्छन् । त्यसअनुसार हाम्रो पार्टीले पनि गतकालमा कैयौँपल्ट सुदृढीकरण र शुद्धीकरण कार्यक्रमहरू गर्ने गरेको छ ।

    हाम्रो पार्टीमा महाधिवेशनभन्दा पहिले सुदृढिकरण कार्यक्रम सम्पन्न गरिएको थियो । महाधिवेशनले शुद्धीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यसको करिब डेढ महिनापछि बसेको केन्द्रीय समितिको बैठकले शुद्धीकरण कार्यक्रमबारे निर्देशिका र ठोस कार्यक्रम निश्चित गरेको थियो । गत सालको पुषमा बसेको राष्ट्रिय परिषद्को बैठकले साउनमा बसेको केन्द्रीय समितिको शुद्धीकरणसम्बन्धी कार्यक्रमलाई अनुमोदन गरेको थियो । त्यसअनुसार अहिले बसेको केन्द्रीय समितिको बैठकले त्यसलाई कार्यान्वयन गर्नका लागि ठोस निर्णयहरू गरेको छ ।

    प्रतिक्रियावादी वा बुर्जुवाहरूले कम्युनिस्ट पार्टीभित्र चल्ने शुद्धीकरणको कार्यक्रमलाई पार्टीभित्रका भिन्न मत राख्ने वा विरोधीहरूलाई दमन गर्ने तरिका भनेर त्यसको विरोध गर्ने गरेका छन् । उनीहरूले त्यसलाई (शुद्धीकरण कार्यक्रमलाई) तानाशाही वा आतंकको संज्ञासम्म बताउने गरेका छन् । त्यसअनुसार उनीहरूले रूस र चीनका कम्युनिस्ट पार्टीमा लेनिन, स्तालिन वा माओको नेतृत्वमा भएका शुद्धीकरण कार्यक्रमहरूलाई पनि त्यही रूपमा आलोचना गर्ने गरेका छन् ।

    एउटा कम्युनिस्ट पार्टीको लागि बिचबिचमा शुद्धीकरण कार्यक्रम एकदम आवश्यक वा कतिपय अवस्थामा निर्णयात्मक महत्त्वको कुरा हुन्छ । बेग्लाबेग्लै समयको स्थिति वा आवश्यकताअनुसार बेग्लाबेग्लै समयका शुद्धीकरण कार्यक्रमहरूका उद्देश्यहरू बेग्लाबेग्लै हुन्छन् । अहिलेको हाम्रो शुद्धीकरण कार्यक्रमको मुख्य उद्देश्य पार्टीमा देखापरेको अराजकता वा अनुशासनविहीनताको अवस्थामा सुधार गर्नु र पार्टीको संगठनात्मक अवस्थालाई सुदृढ गर्नु नै हो ।

    महाधिवेशनपछि देखापरेका अनुशासनविहीनताका कतिपय प्रवृत्तिहरूलाई हामीले अनुशासनको कारवाहीद्वारा हल गर्ने प्रयत्न गरेका थियौँ र त्यस सिलसिलामा कतिपय व्यक्तिहरूलाई पार्टीबाट अनिश्चित कालको लागि निस्कासित समेत गरेका थियौँ । तर त्यसप्रकारका हाम्रा अनुशासनका कारवाहीहरूलाई अराजकतावादी वा अनुशासनविहीन तत्वहरूले पार्टीभित्रका भिन्नमत राख्ने व्यक्तिहरूमाथिको दमनका रूपमा व्याख्या गर्दै आएका छन् र त्यसलाई तानाशाही तरिका पनि बताउँदै आएका छन् । तर पार्टीको संगठनात्मक प्रणाली जनवादी केन्द्रीयताको सिद्धान्तको सामान्य रूपमा ज्ञान भएको मान्छेबाट पनि यो लुकेको कुरा होइन कि पार्टीको लेनिनवादी संगठनात्मक प्रणाली वा त्यसमाथि आधारित विधान र अनुशासनको खुला प्रकारले उल्लंघन गर्ने व्यक्तिहरूका विरुद्ध त्यसप्रकारको अनुशासनको कारवाही अनिवार्य नै हुन्छ ।

    तर सबैलाई त्यसरी अनुशासनको कारवाही गर्नुपर्ने आवश्यकता हुँदैन र त्यसप्रकारका अनुशासनका कैयौँ कारवाहीहरू आन्तरिक र सामान्य हुन्छन् र तिनीहरूको प्रकृति मुख्य रूपले मैत्रीपूर्ण नै हुन्छ । हाम्रो शुद्धीकरणको कार्यक्रमलाई पनि मुख्य रूपले त्यही रूपमा बुझ्नुपर्दछ ।
    पार्टीको लेनिनवादी संगठनात्मक प्रणालीअन्तर्गत पार्टीको कुनै पनि सदस्य इमान्दार वा पार्टीको सिद्धान्तमाथि उसको आस्था भएपनि त्यति गुण नै पार्टीको सदस्यताका लागि पर्याप्त हुँदैन । उनीहरू पार्टीको कमिटीमा बसेर अनुशासित प्रकारले सक्रिय पनि हुनुपर्दछ ।

    तर कतिपय पार्टी सदस्यहरू शारीरिक अवस्था, व्यवहारिक समस्या वा स्प्रिटको कमी भएपछि वा कतिपय बेलामा विभिन्न प्रकारका भ्रमहरूका कारणले पनि उनीहरूको सक्रिय हुने वा अनुशासनमा बस्ने क्षमतामा कमी आउन थाल्दछ । त्यो अवस्थामा उनीहरूलाई पार्टीको कुनै समिति वा सदस्यबाट समेत हटाएर समर्थक ग्रुपमा मात्र राख्नुपर्ने आवश्यकता हुन्छ र अपवाद अवस्थामा नै कसैलाई अनिश्चित कालको लागि पार्टीबाट निस्कासित पनि गर्नुपर्ने आवश्यकता हुन्छ । ती आवश्यकताहरू पूरा गर्न नै शुद्धीकरण कार्यक्रमको सञ्चालन गरिन्छ । उपरोक्त विषयहरूमा अहिले बसेको केन्द्रीय समितिले कैयौँ महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

    आठौँ महाधिवेशनपछि करिब ८ महिनाको अवधिमा हाम्रो पार्टीले पार्टीभित्र वा जनताका बीचमा देशव्यापीरूपमा व्यापक रूपमा प्रशिक्षण, आन्दोलन वा संगठनात्मक अभियानका कार्यक्रमहरूको सञ्चालन गरेको थियो । पार्टीका बैधानिक मोर्चा वा जनवर्गीय संगठनहरूले व्यापक कार्यक्रम बनाएर अगाडि बढिरहेका थिए । तर कोरोना भाइरस वा लकडाउनका कारणले हाम्रा कार्यक्रमहरू त्यही रूपमा अगाडि बढ्न सकेनन् । अहिले पनि कोरोना भाइरसले पैदा गरेको त्यसप्रकारको स्थिति कायम नै छ ।

    तर त्यो कठिन र प्रतिकूल स्थितिका बाबजुद हाम्रो पार्टीले कैयौँ महत्त्वपूर्ण प्रश्नहरूमा, जस्तो कि एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुरा समेतबारे आफ्नै पहलकदमीमा वा अन्य वामपन्थी र देशभक्तहरूसँग मिलेर आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । संसदभित्र पनि हामीले ती प्रश्नहरूमा लगातार संघर्ष चलाउने गरेका छौँ । त्यही प्रकारले हामीले अनलाइन, जुम वा अन्य सबै सम्भव साधनहरूको प्रयोग गरेर विभिन्न स्तरमा सम्पर्क वा बैठकहरू नियमित रूपमा गरेका छौँ । सबै राष्ट्रिय वा सामयिक प्रश्नहरूमा पार्टीका नीतिहरू स्पष्ट गर्ने कार्य गर्दै आएका छौँ ।

    हाम्रा वैधानिक मोर्चा वा जनवर्गीय संगठनहरूले पनि विभिन्न राजनीतिक वा सामयिक विषयहरूबारे लगातार आफ्ना दृष्टिकोणहरू स्पष्ट गर्ने र सम्भव भएसम्म विभिन्न स्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । संसद वा त्यसका विभिन्न समितिहरूमा पनि पार्टीको नीतिलाई अगाडि बढाउने कार्य सन्तोषजनक प्रकारले भइरहेको छ । यस बिचमा रुकुममा जातीय भेदभावको आधारमा घटेको हत्याकाण्डको छानवीनमा समेत वैधानक मोर्चाका सांसदद्वारा महत्त्वपूर्ण कार्य भएको छ ।

    तर त्यो कुरालाई पनि हामीले स्वीकार गर्नुपर्दछ कि कोरोना भाइरस वा लकडाउनका कारणले पैदा भएको अत्यन्त प्रतिकूल स्थितिका कारणले हाम्रा सबै कार्यक्रमहरू सन्तोषजनक प्रकारले अगाडि बढ्न सकिरहेका छैनन् ।

    कोरोना भाइरसले तयार पारेको प्रतिकूल स्थिति अहिले पनि कायम छ । त्यसले गर्दा हाम्रा सबै कार्यक्रमहरूलाई नियमित रूपले अगाडि बढाउन हामीलाई मुस्किल पर्ने कुरा स्पष्ट छ । तैपनि सबै सम्भव तरिकाले वा जुम र अनलाइन समेतको प्रयोग गरेर विभिन्न प्रकारका प्रशिक्षण, संगठनात्मक कार्य वा आन्दोलनका कार्यक्रमहरूलाई अगाडि बढाउन प्रयत्न गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।
    केन्द्रीय समितिले समसामयिक विषयहरूमा कतिपय प्रस्तावहरू पनि पारित गरेको छ, जसलाई बेग्लै सार्वजनिक गरिँदै छ ।

    बुधबार, साउन २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • २.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ३.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ४.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ५.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ६.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ७.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ८.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.