• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

कोचिनमा मूल प्रवाहको शोकसभा

बेङ्गलोरमा श्रद्धाञ्जली सभा

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

भवन भत्किँदा छ जनाको मृत्यु

सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती निर्णय फिर्ता लिन प्रगतिशीलको माग

लोकप्रिय समाचार

  • १. रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

  • २. बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

  • ३. बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

  • ४. बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

  • ५. कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

  • ६. छोरी बचाऔँ

  • ७. धौलागिरी योगविज्ञानले बुझायो सङ्कलित राहत

  • ८. कपिलवस्तु शिवराज–१ मा राजमोको भेला

  • ९. मूल प्रवाह राजपुराले रसुवाका बाढीपीडितको राहत सङ्कलन तीव्र पार्दै

  • १०. रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाहरूप्रति पाण्डेचरीमा श्रद्धाञ्जली

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित


  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
  • जकार्ता, २१ भदौ । इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द गरिएका छन् ।

    Advertisement

    इन्डोनेसियाको भू–गर्भ तथा ज्वालामुखीसम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक क्राकाताउमा बिहान ३ः५३ बजे करिब ३० सेकेन्डसम्म विस्फोट भएको थियो । ज्वालामुखीको निगरानी क्यामेरामा विस्फोटसँगै लाभाको ज्वाला निस्किएको देखिएको थियो ।

    विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने आदेश पनि दिएका छैनन् । तर, स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा तीन किलोमिटर टाढा रहन चेतावनी दिइएको छ ।

    ज्वालामुखीको खरानी जकार्ता, बान्टेन, पश्चिम जाभा तथा सुमात्राको लाम्पुङलगायत क्षेत्रमा फैलिएको छ ।

    सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलले आइतबार बिहान ५ः३० देखि ९ः३० बजेसम्म उडान सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ । त्यस क्रममा उडान रद्द तथा ढिलाइ हुँदा विमानस्थलमा यात्रुको चाप बढेको थियो ।

    अधिकारीका अनुसार विमानस्थल बन्द हुँदा करिब २०९ उडान र २२ हजार ८०० यात्रु प्रभावित भएका छन् । प्रभावित उडानमा दक्षिण सुलावेसीको मकासार जाने व्यस्त आन्तरिक मार्ग तथा सिङ्गापुर जाने अन्तरराष्ट्रिय उडान प्रमुख छन् ।

    हङकङ, सिड्नी, एम्स्टर्डम, सोल, दोहा र क्वालालम्पुर जाने उडानहरूमा पनि रद्द, ढिलाइ तथा समय परिवर्तन भएको छ । लाम्पुङ, बाली र सुराबायाका लागि निर्धारित केही आन्तरिक उडान रद्द वा अन्य विमानस्थलतर्फ मोडिएका छन् ।

    इन्डोनेसियाको नागरिक उड्डयन महानिर्देशनालयले विमानस्थल, एयरलाइन्स, हवाई नेभिगेसन सेवा तथा मौसम विज्ञान निकायसँग समन्वय गर्दै अवस्थाको निगरानी गरिरहेको जनाएको छ ।

    विमानस्थलमा रातभर पार्क गरिएका करिब १७० विमान पनि एप्रोनमै रोकिएका थिए ।

    नागरिक उड्डयन विभागका महानिर्देशक लुकमान एफ लाइसाले उडान सञ्चालनसम्बन्धी हरेक निर्णयमा यात्रुको सुरक्षा प्राथमिकतामा रहेको बताउनुभएको छ । एयरलाइन्सहरूले सेवा पुनः सञ्चालन गर्ने प्रयास गरिरहेकाले उडान तालिकामा थप ढिलाइ वा परिवर्तन हुन सक्ने उहाँले चेतावनी दिनुभएको छ ।

    अधिकारीहरूले यात्रुलाई विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्था बुझ्न र अत्यावश्यक नभए केही समय विमानस्थल नजान आग्रह गरेका छन् ।

    इन्डोनेसियाको ज्वालामुखी एजेन्सी तथा अष्ट्रेलियाको डार्विन ज्वालामुखी खरानी सल्लाहकार केन्द्रले उपग्रहबाट प्राप्त तस्बिरका आधारमा दुईवटा खरानीका बादल पहिचान गरेका छन् ।

    एउटा खरानीको बादल उत्तरपूर्वतर्फ सर्दै करिब २० हजार फिट (६,१०० मिटर) उचाइसम्म पुगेको थियो । यसले जकार्ता, बान्टेन र पश्चिम जाभाका केही क्षेत्रमा प्रभाव पारेको थियो ।

    अर्को खरानीको बादल करिब ५० हजार फिट (१५,२०० मिटर) उचाइसम्म पुगेको र पश्चिम तथा उत्तरपश्चिमतर्फ फैलिएको थियो । यसले बान्टेन, लाम्पुङ र बेङ्कुलु प्रान्तसहित दक्षिणी सुन्डा जलसन्धि तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर क्षेत्रलाई समेत प्रभावित गरेको जनाइएको छ ।

    अनाक क्राकाताउको अर्थ ‘क्राकाताउको सन्तान’ हो । यो सन् १८८३ मा भएको विनाशकारी क्राकाताउ विस्फोटपछि बनेको ज्वालामुखी टापु हो ।

    सन् २०१८ मा अनाक क्राकाताउको विस्फोटबाट आएको पानीमुनिको पहिरोले सुनामी निम्त्याउँदा जाभा र सुमात्रामा कम्तीमा ४३० जनाको मृत्यु भएको थियो ।

    वैज्ञानिकहरूका अनुसार उक्त घटनामा ज्वालामुखीको दक्षिणपश्चिमी ढलानको ठूलो हिस्सा समुद्रमा खस्दा ठूलो मात्रामा पानी विस्थापित भएको थियो ।

    अनाक क्राकाताउ हाल चार तहको चेतावनी प्रणालीमध्ये दोस्रो उच्च सतर्कता तहमा रहेको छ । वैज्ञानिकहरूका अनुसार विस्फोट र त्यसपछिका गतिविधिका कारण ज्वालामुखी टापु अहिले आफ्नो पुरानो आकारको करिब एक चौथाइमा सीमित भएको छ ।

    आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार
    सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
    कोचिनमा मूल प्रवाहको शोकसभा
    बेङ्गलोरमा श्रद्धाञ्जली सभा
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    भवन भत्किँदा छ जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      रसुवा बाढी र १२ मे नाटकबारे मसालद्वारा १२ बुँदे प्रेसवक्तव्य जारी

    • २.
      बिपतराम चौधरीप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      बेपत्ताको खोजबिनसँगै राहत र आवासको व्यवस्था गर्न राजमो गुल्मीको माग

    • ४.
      बाढीपहिरोपीडितका लागि जापान नेपाली एकता समाजले पठायो रु. १ लाख ६५ हजार सहयोग

    • ५.
      कपिलवस्तुको शिवराजमा महिला सङ्घको तेस्रो भेला

    • ६.
      छोरी बचाऔँ

    भर्खरै

    • १.
      भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

    • २.
      सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      कोचिनमा मूल प्रवाहको शोकसभा

    • ४.
      बेङ्गलोरमा श्रद्धाञ्जली सभा

    • ५.
      मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

    • ६.
      भवन भत्किँदा छ जनाको मृत्यु

    • ७.
      सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    • ८.
      मूल प्रवाह रिकाङपिओ अध्यक्ष शाही पितृशोकमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.