काठमाडौं, २१ भदौ । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन क्यासिनोबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित ८ जना पक्राउ परेका छन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरू क्यासिनोमा प्रवेश गरी जुवा खेलेको आरोपमा पक्राउ परेका हुन्। पक्राउ पर्नेमा तीन जना सर्वसाधारण तथा नेपालीलाई क्यासिनो प्रवेश गराएको आरोपमा चार जना क्यासिनो कर्मचारी पनि छन्।