• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इजरेल र यूएईबीच शान्ति सम्झौता, के छ सम्झौतामा ?


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • काठमाडौं । इजरायल र युनाइटेड अरब इमिरेट्सबीच सम्बन्धमा सुधार गर्ने ऐतिहासिक सम्झौता भएको छ । नियन्त्रणमा रहेका वेष्ट बैंकका केहि भाग गाभ्ने विवादास्पद् योजना स्थगित गर्न इजरायल सहमत भएपछि यो सम्झौता भएको हो।

    Advertisement

    यो सहमति गर्नका लागि मध्यस्तता गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ती मुलुकहरुले यो सहमतिलाई ऐतिहासिक तथा शान्ति स्थापनाका लागि ठूलो सफलता भएको बताएका छन्।

    अहिलेसम्म खाडी मुलुकहरुसँग कुटनीतिक सम्बन्ध नभएको इजरायल र यूएईसँग यो पहिलो सम्झौता हो।

    इरानसँग दुवै देशको समान चिन्ताले यी दुई देशलाई नजिक ल्याएको हो।

    यो सहमतिबाट प्यालेस्टिनी नेताहरु भने अचम्ममा परेको बताइएको छ। प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यसलाई राष्ट्रघात जत्तिकै अपराधको संज्ञा दिएका छन् भने यूएईका लागि प्यालेस्टिनी राजदूतलाई फिर्ता बोलाइएको छ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेत्यन्याहु र अबु दाबीका राजकुमार मोहम्मद अल नह्यानबीच भएको यो सम्झौतालाई एउटा साँच्चिकैको ऐतिहासिक क्षण बताएका छन्।

    यसलाई सन् १९४८ मा भएको इजरायलको स्वतन्त्रतापछि भएको तेस्रो इजरायल–अरब शान्ति सम्झौताको रुपमा लिइएको छ।

    ‘आइसब्रेक भएको छ। अरु मुस्लिम मुलुकहरुले पनि अब यूएईकै बाटो पछ्याउने छन् भन्ने मेरो अपेक्षा छ,’ ट्रम्पले भनेका छन्।

    सम्झौतामा के छ ?
    आगामी साताहरूमा इजरेल र यूएईका प्रतिनिधिहरू द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर गर्न भेट्नेछन्।

    उनीहरूले लगानी, पर्यटन, सीधा हवाई उडान, सुरक्षा, दूरसञ्चार, प्रविधि, ऊर्जा, स्वास्थ्य सेवा, संस्कृति, वातावरण, दुवैतर्फ दूतावास स्थापना र अन्य द्विपक्षीय फाइदाका विषयमा सम्झौता गर्नेछन्।

    ‘मध्यपूर्वका सबैभन्दा गतिशील समाज र विकसित अर्थतन्त्र भएका दुई देशबीचको प्रत्यक्ष सम्बन्धको सुरुवातले अर्थतन्त्रलाई प्रोत्साहन, प्राविधिक अन्वेषणलाई बढावा र जनस्तरको निकट सम्बन्ध हुनेछ र त्यसले यो क्षेत्रलाई रूपान्तरित गर्नेछ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

    प्यालेस्टिनीहरूले यो कदमले आफ्नो भविष्यमा एउटा स्वतन्त्र देश बन्ने आशालाई नष्ट गरिदिने र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हुने चेतावनी दिएका छन्।

    यूएईका विदेश राज्यमन्त्रीले चाहिँ प्यालेस्टाइनको आलोचनालाई सधैँको जस्तै हल्लाखल्ला भनेका छन्।

    संयुक्त वक्तव्यमा इजरेलले अन्य अरब र मुस्लिम देशहरूमा पनि यस्तै सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको र त्यसलाई पूरा गर्न अमेरिका र यूएईले सहयोग गर्ने पनि उल्लेख छ।

    ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले यसलाई शान्तिपूर्ण मध्यपूर्वको बाटोमा एउटा स्वागतयोग्य कदम भनेका छन्।
    इजिप्ट र जोर्डनले पनि उक्त क्षेत्रमा शान्ति स्थापनार्थ यो कदमले सहयोग गर्ने जनाएका छन्।

    इरानको रिभोलुसनरी गार्डस्‌सँग सम्बन्ध भएको तस्निम समाचार एजेन्सीले चाहिँ उक्त कदमलाई ‘लज्जास्पद’ भनेको छ।

    गाजाको लडाकु समूह हमासले पनि आफ्ना मानिसहरूलाई पिठयूँमा छुरा घोपेको भन्ने प्रतिक्रिया दिएको छ। बीबीसी

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.