• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

यमन झडपमा ६० भन्दा बढीको मृत्यु


  •   शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
  • दुबई । यमनका साउदी–अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरूबीच शनिबार भएको लडाईंमा ६० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको चिकित्सकीय र सैन्य स्रोतहरूले बताएका छन् ।

    Advertisement

    झडपमा मृत्यु हुनेमा सर्वसाधारणसहित सेना र हुथी लडाकू रहेका बताइएको छ ।

    रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिण–पश्चिममा भएको यो नवीनतम झडप शुक्रबारको वर्षौंमध्ये सबैभन्दा घातक लडाईं पछि आएको हो । सन् २०२२ को जुलाईमा भएको युद्धविराम भङ्ग भएपछि यमनमा पछिल्ला केही महिना यता यस्तो स्थिति बनेको हो ।

    तीन यमनी सैन्य स्रोतका अनुसार देशको दक्षिण–पश्चिममा केही घण्टाको लडाईंमा २६ सरकारी सैनिक मारिएका छन् भने इरान–समर्थित हुथीहरूका चिकित्सकीय र सैन्य स्रोतले ३१ विद्रोही लडाकू मारिएको बताएका छन् ।

    सरकार नियन्त्रित ताइज सहरको एक चिकित्सकीय स्रोतले मिसाइल आक्रमणमा बसबाट यात्रा गर्दै गरेका छ नागरिक मारिएको र सात अन्य व्यक्ति घाइते भएको बताएको छ ।

    एक सरकारी अधिकारीले ताइज र एडेनस्थित यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको केन्द्रबीच यात्रा गर्दै गरेको बसमाथिको आक्रमणको दोष हुथीहरूमाथि लगाएका छन् ।

    ताइजमा एक सैन्य अधिकारीले बताए अनुसार हुथीहरूले एक दिनअघि सहर नजिकका प्रवेशस्थलहरू कब्जा गरेपछि भएको झडप ‘आउने केही समय हुने देखिएको’ छ ।

    अधिकारीले हुथी आक्रमणको जवाफमा एडेनबाट सहयोग थप भई आइरहेको र हुथीको यस आक्रमणको उद्देश्य सरकारी नियन्त्रित मोखा बन्दरगाह सहरलाई छुट्टयाउनु रहेको र बाब अल–मन्डब जलडमरूको सीमानातिर अघि बढ्नु हो, जसमा हप्ताौंदेखि गोलीबारी भइरहेको छ ।

    एएफपीले विभिन्न स्रोतबाट संकलन गरेको गणनाअनुसार शुक्रबारको लडाईंमा १२९ जनाको मृत्यु भएको थियो ।

    इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि बन्द गरेसँगै विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरब बाब अल–मन्डब चेकपोइन्टको तेलको पारवहन मार्गको रूपमा महत्त्वपूर्ण बनेको छ ।

    शनिबार एक सैन्य अधिकारीले एएफपीलाई बताएअनुसार एडेनस्थित सरकारको प्रमुख समर्थक साउदी अरबले ताइजमा हालै हुथीहरूले कब्जा गरेका स्थानहरूमाथि तीन हवाई आक्रमण गरेको छ ।

    विद्रोहीहरूले राजधानी सानाका लागि इरानी विमान स्वागत गरेपछि र जुलाईमा हुथी विद्रोही र यमन सरकारबीच भएको युद्धविराम उल्लङ्घन भएपछि आक्रमणको श्रृङ्खला सुरु भएको थियो ।

    इरान–समर्थित हुथीहरू र अमेरिका सहयोगी साउदी अरबद्वारा समर्थित सरकारी सेनाबीचको यो लडाईँले फराकिलो मध्यपूर्वी युद्धको नयाँ युद्ध मोर्चाको उदयलाई सङ्केत गर्छ । फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त आक्रमणपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण गर्दै आएको छ भने इरानका धेरै क्षेत्रमा अमेरिकी आक्रमणको प्रभाव परेको छ ।

    इरानमाथि भएको अमेरिकी आक्रमणपछि यस क्षेत्रमा इरान निकट समूहहरू सक्रिय भएका छन् ।

    इरानको समर्थनमा हुथीहरूले साउदी अरबको समुद्री नाकाबन्दी पनि घोषणा गरेका छन् र त्यसका जहाज तथा क्षेत्रमाथि आक्रमण सुरु गरेका छन् ।

    शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.