• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

किएभमा चौबीसै घण्टा रुसी आक्रमण


  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • किएभ । युक्रेनको राजधानी किएभमा रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ । यसअघि मुख्यतः राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएभवासीको दैनिकी चौबीसै घण्टा हवाई आक्रमणको त्रास र अवरोधमा परेको छ ।

    Advertisement

    रुसले तीव्र गतिमा उड्ने जेट–सञ्चालित ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको हो । हवाई आक्रमणको साइरन, विस्फोट र हवाई प्रतिरक्षाको आवाज अब सहरको दैनिक जीवनकै हिस्सा बनेका छन् । साइरन बज्दा मल, बैंक, विद्यालय तथा अन्य व्यवसायका काम रोक्नुपर्ने र सर्वसाधारण सुरक्षित स्थानमा जानुपर्ने अवस्था छ ।

    आक्रमणका कारण यातायातसमेत प्रभावित भएको छ । हवाई चेतावनीका कारण रेलहरू बाटोमै रोकिने र यात्रुहरू सामान बोकेर पैदल हिँड्नुपर्ने अवस्था आएको छ । ड्रोनका कारण जीपीएस सङ्केत अवरुद्ध हुँदा ट्याक्सी सेवासमेत प्रभावित भएको छ ।

    भोलोदिमर बोभ्सुनोभ्स्कीले करिब चार वर्षीया छोरीका लागि कपडा किन्न मल पुग्दा २० मिनेटमै हवाई आक्रमणको चेतावनी बजेको र धुवाँ देखिएपछि खाली हात फर्किनुपरेको बताउनुभयो । “विगत सात दिनमा धेरै परिवर्तन भएको छ”, उहाँले भन्नुभयो । उहाँ परिवारलाई केही समय सुरक्षित र शान्त वातावरण दिन किएभ छाड्नेबारे समेत सोचिरहनुभएको छ ।

    युद्धले व्यक्तिगत जीवनका महत्त्वपूर्ण क्षणसमेत प्रभावित पारेको छ । इरिना बारानोभा र इभहेन मित्सिकले हवाई आक्रमणकै बीच विवाह गर्नुभएको थियो । मित्सिकले यस्तो अवस्थामा जीवन र परिवारको महत्त्व अझ बढी महसुस हुने बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान उठेपछि त्यस दिनको अधिकतम उपयोग गर्नुपर्छ, किनभने अर्को मौका नहुन सक्छ ।”

    टेट्याना सेभचेन्कोले ध्यानले लगातारको साइरन र विस्फोटबीच आफूलाई शान्त रहन मद्दत गरेको बताउनुभयो । तर हवाई आक्रमणकै कारण सरकारी कार्यालयमा आफ्नो पालो गुमाएर लामो प्रक्रिया दोहो¥याउनुपरेको उहाँको अनुभव छ ।

    लगातारको आक्रमणले केही बासिन्दालाई सहर छाड्ने सोच्न बाध्य बनाएको छ । आइटी कर्मचारी इभान दात्सिभको अपार्टमेन्टमा रुसी ड्रोन ठोक्किँदा क्षति पुगेपछि उहाँले शान्त र सुरक्षित अर्को सहरमा बसाइँ सर्ने विचार गरिरहनुभएको छ । बारम्बार साइरन बज्ने भएकाले आश्रयस्थलमा जाने र फर्किने समयसमेत नपुग्ने उहाँले बताउनुभयो ।

    बोभ्सुनोभ्स्कीकी छोरी जाने गरेको बालविकास केन्द्रमा पनि हवाई आक्रमणको चेतावनी बज्दा बालबालिकालाई आश्रयस्थलमा लैजानुपर्छ । “त्यहाँ कुनै स्थिरता छैन”, उहाँले भन्नुभयो ।

    रातमा सीमित रहेको रुसी हवाई आक्रमण दिनको समयमा समेत फैलिँदा किएभवासीले युद्धको त्राससँगै काम, यात्रा, शिक्षा र पारिवारिक जीवनलाई निरन्तरता दिन सङ्घर्ष गरिरहेका छन् ।

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.