• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

चिपको बढ्दो मागसँगै दक्षिण कोरियाको निर्यातमा तीव्र वृद्धि


  •   मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
  • सियोल, १६ भदौ । विश्व बजारमा दक्षिण कोरियामा उत्पादित सेमिकन्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धिका कारण दक्षिण कोरियाको अगस्ट महिनाको निर्यात ६८.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ।

    Advertisement

    व्यापार, उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्टमा दक्षिण कोरियाको निर्यात गत वर्षको सोही महिनाको तुलनामा ६८.७ प्रतिशतले बढेर ९८.२५ अर्ब अमेरिकी डलर पुगेको छ।

    यो दक्षिण कोरियाको हालसम्मकै तेस्रो उच्च निर्यात प्रदर्शन हो। लगातार तेस्रो महिनासमेत देशको मासिक निर्यात ९० अर्ब डलरभन्दा माथि रहेको छ।

    यस अवधिमा दैनिक औसत निर्यात ७२.५ प्रतिशतले बढेर ४.४७ अर्ब डलर पुगेको छ। दैनिक औसत निर्यात लगातार चौथो महिनासमेत ४ अर्ब डलरभन्दा माथि कायम रहेको छ।
    अगस्टमा आयात भने २२.५ प्रतिशतले बढेर ६३.५१ अर्ब डलर पुगेको छ। यससँगै देशको व्यापार बचत ३४.७५ अर्ब डलर पुगेको छ। व्यापार बचत लगातार तेस्रो महिनासमेत ३० अर्ब डलरभन्दा माथि रहेको छ।

    दक्षिण कोरियाका २० प्रमुख निर्यात वस्तुमध्ये १४ वटा वस्तुको निर्यात बढेको छ। तीमध्ये सेमिकन्डक्टरको निर्यात सबैभन्दा उल्लेखनीय रूपमा बढ्दै २०९ प्रतिशतले वृद्धि भई ४६.६५ अर्ब डलर पुगेको छ। यो सेमिकन्डक्टर निर्यातको हालसम्मकै उच्च स्तर हो।
    सेमिकन्डक्टरको निर्यात लगातार तीन महिनासम्म ४० अर्ब डलरभन्दा माथि रहेको छ। विश्वका ठूला प्रविधि कम्पनीहरू गुगल र अमेजनजस्ता हाइपरस्केलरहरूले कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा लगानी विस्तार गरिरहेकाले मेमोरी चिपको मूल्य बढ्नुले निर्यात वृद्धिमा योगदान पुर्‍याएको मन्त्रालयले जनाएको छ।

    अमेरिकातर्फको निर्यात ८९.३ प्रतिशतले बढेर १६.५० अर्ब डलर पुगेको छ। चिप, स्टिल उत्पादन, कम्प्युटर तथा पेट्रोलियम पदार्थको बलियो मागले यस वृद्धिलाई टेवा दिएको हो।
    त्यस्तै, दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) तर्फको निर्यात ७५.४ प्रतिशतले बढेर १९.०९ अर्ब डलर पुगेको छ भने युरोपेली संघतर्फको निर्यात १४.६ प्रतिशतले बढेर ६.६२ अर्ब डलर पुगेको छ।
    आयाततर्फ कच्चा तेल, प्राकृतिक ग्यास र कोइलासहित तीन प्रमुख ऊर्जा स्रोतको आयात १५.३ प्रतिशतले बढेर १२.६८ अर्ब डलर पुगेको छ।

    सेमिकन्डक्टर उत्पादन उपकरण बलियो मागका कारण गैरऊर्जा वस्तुको आयात पनि २४.४ प्रतिशतले बढेर ५०.८३ अर्ब डलर पुगेको मन्त्रालयले जनाएको छ।
    (रासस/ सिन्ह्वा)

    मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.