• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

प्रशान्त महासागरमा ‘करिना’ तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत हुँदै


  •   सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
  • मियामी, १५ भदौ । प्रशान्त महासागरमा विकसित ‘करिना’ आँधी आइतबार तीव्र गतिमा शक्तिशाली आँधीमा परिणत भएको छ । तटबाट निकै टाढा रहेको र न्यानो समुद्री पानीका कारण शक्ति बढाइरहेको यस आँधीबाट तत्काल जमिनमा कुनै खतरा नरहेको अमेरिकी मौसमविद्हरूले बताएका छन् ।

    Advertisement

    मियामीस्थित अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार ‘करिना’ आइतबार बिहान ८० माइल प्रतिघण्टा (१३० किलोमिटर प्रतिघण्टा) को अधिकतम निरन्तर हावाको गतिसहित श्रेणी–१ को आँधी बनेको थियो । केही घण्टामै हावाको गति १२५ माइल प्रतिघण्टा (२०५ किलोमिटर प्रतिघण्टा) पुगेपछि यो श्रेणी–३ को शक्तिशाली आँधीमा परिणत भएको हो ।

    कम्तीमा १११ माइल प्रतिघण्टा (१७८ किलोमिटर प्रतिघण्टा) को अधिकतम निरन्तर हावाको गति भएका आँधीलाई श्रेणी–३ वा सोभन्दा माथिको शक्तिशाली आँधी मानिन्छ । मौसमविद्हरूले आगामी एक–दुई दिनमा ‘करिना’ अझ शक्तिशाली बन्न सक्ने बताएका छन् ।

    आइतबार ‘करिना’ मेक्सिकोको बाजा क्यालिफोर्निया प्रायद्वीपको दक्षिणी छेउबाट करिब ९६० माइल (१,५४५ किलोमिटर) पश्चिम–दक्षिणपश्चिममा थियो । यो ९ माइल प्रतिघण्टा (१५ किलोमिटर प्रतिघण्टा) को गतिमा पश्चिमतर्फ अघि बढिरहेको र पूर्वानुमानअनुसार प्रशान्त महासागरको थप भित्री भागतर्फ जाने अपेक्षा गरिएको छ ।

    आँधी केन्द्रका अनुसार ‘करिना’ जमिनबाट टाढै रहने सम्भावना रहे पनि यसबाट उत्पन्न ठूला छालले दक्षिणपश्चिमी मेक्सिको र बाजा क्यालिफोर्निया प्रायद्वीपका तटीय क्षेत्रमा खतरनाक समुद्री छाल तथा ‘रिप करेन्ट’ निम्त्याउन सक्छ । हाल कुनै तटीय सतर्कता वा चेतावनी जारी गरिएको छैन ।

    यसैबीच, प्रशान्त महासागरमा रहेको ‘लोवेल’ नामक उष्णकटिबङ्धीय आँधी हवाईको हिलोबाट करिब ९८५ माइल (१,५८५ किलोमिटर) पूर्व–दक्षिणपूर्वमा थियो । यसको अधिकतम निरन्तर हावाको गति ५० माइल प्रतिघण्टा (८५ किलोमिटर प्रतिघण्टा) रहेको र तत्काल जमिनमा कुनै खतरा नरहेको मौसमविद्हरूले बताएका छन् । ‘लोवेल’ सोमबार राति वा मङ्गलबारसम्ममा शक्तिशाली आँधीमा परिणत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.