• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै


  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
  • मोहालेस होक, १४ भदौ । अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष मिडवाइफ (प्रसूति स्याहारकर्ता) को सङ्ख्या बढ्दै गएको छ । यद्यपि, यस क्षेत्रमा पुरुष मिडवाइफ अझै पनि निकै कम रहेका छन् ।

    Advertisement

    दक्षिणी अफ्रिकी मुलुक लेसोथोका न्ट्लहाने सेहलोहो करिब ३०० पुरुष मिडवाइफमध्ये एक हुनुहुन्छ । उहाँले विगत दुई दशकदेखि ग्रामीण क्षेत्रमा गर्भवती महिलालाई प्रसूतिपूर्व तथा प्रसूतिसम्बन्धी सेवा दिँदै आउनुभएको छ ।

    लेसोथोमा परम्परागत रूपमा मिडवाइफको काम महिलाको पेसाका रूपमा लिइन्थ्यो । तर ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव र उच्च मातृमृत्युदरका कारण सरकारले पुरुष नर्सलाई समेत मिडवाइफको तालिम दिन थालेको हो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार लेसोथोमा प्रत्येक एक लाख जीवित जन्ममा करिब ५३० महिलाको मृत्यु हुने गरेको छ, जुन विश्वको औसत करिब २०० भन्दा निकै बढी हो । युनिसेफका अनुसार अहिले लेसोथोमा ९२ प्रतिशत प्रसूति सेवा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रदान हुँदै आएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वभरका मिडवाइफमध्ये पुरुषको हिस्सा एक प्रतिशतभन्दा कम छ । डब्लुएचओ र युनिसेफले प्रसूति सेवामा जनशक्तिको अभाव पूरा गर्न महिला र पुरुष दुवैलाई यस क्षेत्रमा आउन प्रोत्साहित गर्दै आएका छन् ।

    लेसोथोको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवाका कार्यवाहक निर्देशक डा. ल्याङ मामाका अनुसार पुरुष मिडवाइफप्रति केही महिलामा अझै हिचकिचाहट भए पनि समुदायले विस्तारै स्वीकार गर्दै गएको छ । महिलाले असहज महसुस गरेमा महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

    सेहलोहोले पनि पुरुष मिडवाइफका लागि महिलाको विश्वास जित्नु महत्त्वपूर्ण रहेको बताउनुभयो । ग्रामीण परिवेशमा आफू पनि हुर्किएको र महिलाले भोग्ने कठिनाइ बुझेको बताउँदै उहाँले बिरामीलाई सहज महसुस गराउने प्रयास गर्दै आएको बताउनुभयो ।

    युनाइटेड नेसन्स पपुलेसन फन्ड (यूएनएफपीए) की प्रतिनिधि ब्लान्डिना मोटाउङले पुरुष मिडवाइफप्रति मिश्रित प्रतिक्रिया भए पनि कतिपय महिलाले उनीहरूको सावधानीपूर्ण र संवेदनशील व्यवहारको प्रशंसा गर्ने गरेको बताउनुभो ।

    लेसोथोका केही महिला भने महिला स्वास्थ्यकर्मीबाट सेवा लिन सहज मान्छन् भने केहीले पुरुष मिडवाइफबाट उपचार गराउन कुनै समस्या नरहेको बताएका छन् ।

    (रासस/एपी) 

    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.