काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीपछि भइरहेको विपद् व्यवस्थापनप्रति चासो व्यक्त गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मृतकका शव आफन्तको अनुमति नलिई व्यवस्थापन गरिएको भन्दै आपत्ति जनाएका छन्।
Advertisement
सानेपामा आयोजित छलफलमा उनले बाढीपछि नदी क्षेत्रमा फैलिएको दुर्गन्धले जनस्वास्थ्यमा चुनौती थपिएको बताए। आङदेम्बेले राहत, पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सुझावसहित प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए।
