• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

बाढीमा बेपत्ता आफन्तको खोजीको कहर


  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
  • काठमाडौँ, १४ भदौ । भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तहरूको खोजीमा उनीहरुका परिवारजन यहाँका विभिन्न अस्पताल र प्रहरी कार्यालयमा तस्बिरसहित  भौँतारिरहेका छन् ।

    Advertisement

    बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई  निरन्तरता दिइरहेका छन् ।

    भदौ १० गतेदेखि नै नुवाकोट र रसुवाको सीमामा पर्ने बेत्रावतीकी उमा गोले र उनका छोराछोरी बाढीपछि बेपत्ता छन् । उनकी बहिनी बिमा गोले दिदी र भान्जाभान्जीको खोजीमा विभिन्न निकाय तथा स्थानमा पुगिरहेकी छन् । दिदी कसरी बेपत्ता हुनुभयो र अहिले उहाँहरूको अवस्था के छ भन्नेबारे बिमालाई कुनै जानकारी छैन ।

    दिदीको खोजीका लागि उनी आफन्तका तस्बिर बोकेर विभिन्न स्थानमा पुगिरहेकी छन् । दिदीबारे कुरा गर्दा उनी भावुक हुन्छिन् । बोल्दाबोल्दै भक्कानिन्छिन् । “दिदी र छोराछोरीको केही खबर पाइन्छ कि भन्ने आशामा यताउता खोज्दै हिँडेकी छु”, यति भन्दै गर्दा उनको आँसु थामिएन ।

    बिमा गोलेका अनुसार भदौ १० गते प्रकोप आउनुअघि बिहान ९ बजेर १४ मिनेटसम्म उमा गोलेसँग फोन सम्पर्क भएको थियो । “भाग, भाग, भाग्नुपर्छ” भन्दै कुराकानी भइरहेका बेला एकाएक फोन सम्पर्क टुटेको उहाँले लामो श्वास तान्दै बताउनुभयो । त्यसपछि उमासहित उनका छोराछोरीको कुनै खबर आएको छैन । “जीवित भेटिने आशा कम हुँदै गएको छ, तर कतै भेटिन्छन् कि भन्ने आशा अझै मरेको छैन”, बिमाले बताइन् ।

    त्यस्तै, दाङ घर भएकी धनसरी नेपाली रसुवागढीमा बाढीका क्रममा बेपत्ता भएका आफ्ना २६ वर्षीय छोरा निरज नेपालीको खोजीमा विभिन्न स्थानमा पुगिरहेकी छन् । रसुवागढीमा जेसीबी चालकका रूपमा कार्यरत निरज बाढीपछि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । छोराको खोजीमा आमा धनसरी विभिन्न निकाय र सम्भावित स्थानमा पुगेर बिलौना गरिरहेकी छन् ।

    बर्दियाका शिवबहादुर थारू पनि रसुवाको मैलुङबाट बेपत्ता भएका छन् । उनको खोजीमा भाइ सुमावीर थारू विभिन्न स्थानमा पुगिरहेका छन् ।

    बाढीमा सर्वसाधारणसँगै सुरक्षाकर्मीसमेत बेपत्ता भएका छन् । चिमुरे प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सम्राट शेर्पा बाढीका बेला प्रहरी भ्यानसहित बेपत्ता भएका हुन् । रामेछापको गोकुलगङ्गा–३ घर भएका शेर्पाको खोजीका लागि उनका काका गणेश शेर्पाले शिक्षण अस्पताल, धुन्चे, जिल्ला प्रहरी कार्यालयलगायत विभिन्न स्थानमा खोजी गरिरहेका छन् ।

    गणेशका अनुसार आफन्तहरूको टोलीलाई सम्भव भएसम्म त्रिशूलीसम्म पठाइएको छ । रसुवा जान सक्ने अवस्था नरहेकाले चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा समेत खोजीका लागि मानिसहरू पठाइएको तर अहिलेसम्म सम्राटको कुनै खबर प्राप्त हुन नसकेको उहाँले बताए ।

    त्यसैगरी, रामेछापका धनलाल तामाङ आफ्ना आफन्त दलबहादुर तामाङको खोजीमा छन् । ककनी गाउँपालिका–३, नुवाकोट निवासी दलबहादुर रसुवागढी भन्सारमा कार्यरत थिए । बाढी आएको दिनदेखि उनी पनि बेपत्ता छन् ।

    भोटेकोशीको बाढीले धेरै परिवारलाई शोक, पीडा र अनिश्चितताको अवस्थामा पु¥याएको छ । बेपत्ता आफन्तको खोजीमा परिवारजन अस्पतालदेखि नदी किनारसम्म पुगिरहेका छन् । समय बित्दै जाँदा आशा कमजोर बन्दै गए पनि आफ्ना प्रियजन कतै जीवित भेटिने विश्वास उनीहरूले अझै त्यागेका छैनन् ।

    प्रकाश सिलवाल/रासस

    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.