• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दाबी


  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
  • काराकास, १४ भदौ । भेनेजुएलाकी अन्तरिम नेतृ डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौताअन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्त्वपूर्ण पहुँच दिइए पनि देशले आफ्नो प्राकृतिक स्रोतसाधनमाथिको नियन्त्रण र सार्वभौमसत्ता कायम राख्ने बताउनुभएको छ ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको उक्त सम्झौताअन्तर्गत भेनेजुएलाको ६५ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकाको बहुमत नियन्त्रण रहने बताइएको छ ।

    “एउटा कुरा स्पष्ट हुनुपर्छ–भेनेजुएलाले आफ्ना स्रोतसाधनमाथि स्वामित्व र सार्वभौमसत्ता कायम राख्छ”, रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै भन्नुभयो ।

    सम्झौताको उद्देश्य जमिनमुनि रहेका ‘निष्क्रिय’ तेल स्रोतलाई भेनेजुएलाका जनताको सामाजिक तथा आर्थिक कल्याणको स्रोतमा रूपान्तरण गर्नु रहेको उहाँले बताउनुभयो ।

    काराकासका अनुसार सम्झौताअन्तर्गत निजी क्षेत्रबाट करिब १०० अर्ब डलर लगानी भित्र्याइनेछ । विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाको तेल उद्योगलाई पुनर्जीवित गर्न उक्त लगानी प्रयोग गरिनेछ ।

    तर सम्झौताको विस्तृत विवरण सार्वजनिक नगरिएकामा भेनेजुएलामा चिन्ता बढेको छ । सरकार समर्थकसहित सामाजिक सञ्जालका प्रयोगकर्ताले सार्वभौमसत्ता गुम्ने जोखिम, देशले पाउने लाभ र सम्झौताको राजनीतिक मूल्यबारे प्रश्न उठाएका छन् ।

    “यसबाट कसलाई फाइदा हुन्छ–भेनेजुएलालाई कि संयुक्त राज्य अमेरिकालाई—हामीलाई थाहा छैन”, ६८ वर्षीय सुरक्षा गार्ड जिसस सालाजारले भन्नुभयो “मलाई शङ्का छ, तर के हुन्छ भनेर पर्खनुपर्छ ।”

    जनवरीमा अमेरिकी सेनाले लामो समयदेखि सत्तामा रहेका निकोलस मादुरोलाई सत्ताच्युत गरी नियन्त्रणमा लिएपछि भेनेजुएलाको सरकार ट्रम्प प्रशासनको तीव्र दबाबमा रहँदै आएको छ । वासिङ्टनले मादुरोकी उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम नेतृका रूपमा कायम रहन अनुमति दिएको थियो ।

    भेनेजुएलाको सत्तारुढ दलले शनिबार राष्ट्रिय हितलाई प्राथमिकता दिने र लामो समयदेखिको आर्थिक प्रतिबन्ध तथा अन्य एकपक्षीय दबाबबाट उत्पन्न असर पार गर्न सहयोग गर्ने आर्थिक उपायलाई समर्थन गर्ने जनाएको छ ।

    तेल उत्पादन बढे पनि चुनौती कायमै

    रोड्रिगेजले भेनेजुएलाको खानी तथा पेट्रोलियम क्षेत्रलाई निजी पूँजी र विदेशी लगानीका लागि खुला गर्ने सुधार अघि बढाउनुभएको छ । यसैबीच, वासिङ्टनले मादुरो सरकारको पालामा भेनेजुएलाको तेल क्षेत्रमा लगाएका केही प्रतिबन्ध हटाएको छ ।

    जनवरीदेखि जुलाईसम्म भेनेजुएलाको तेल उत्पादन २९ दशमलव आठ प्रतिशतले बढेर दैनिक १२ लाख ब्यारेल पुगेको बताइएको छ । यद्यपि यो उत्पादन करिब २५ वर्षअघिको स्तरभन्दा निकै कम हो ।

    अमेरिकी सम्झौताले तेल उत्पादन बढाउने लक्ष्य राखेको भए पनि विश्लेषकहरूले त्यसका लागि समय लाग्ने बताएका छन् ।काराकासस्थित उच्च अध्ययन प्रशासन संस्थानका प्राध्यापक ओस्वाल्डो फेलिजोलाका अनुसार उत्पादनमा उल्लेख्य वृद्धि हुन कम्तीमा तीनदेखि चार वर्ष लाग्न सक्छ ।

    उहाँले लामो समयदेखि पर्याप्त लगानी आकर्षित गर्न नसकेको भेनेजुएलाको तेल उद्योगमा अमेरिकी लगानीलाई सकारात्मक कदमका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार राज्य स्वामित्वको पेट्रोलियोस डे भेनेजुएला (पीडीभीएसए) सँग आवश्यक लगानी गर्ने पर्याप्त आर्थिक स्रोत छैन ।

    भेनेजुएलाको अर्थतन्त्र सन् २०१४ देखि २०२१ सम्म करिब ८० प्रतिशतले सङ्कुचित भएको थियो । यसका कारण लाखौँ मानिस गरिबीमा धकेलिएका छन् ।

    सरकारी कर्मचारी कार्लोस बाकोले नयाँ सम्झौताबाट तेल राजस्व बढ्ने आशा व्यक्त गरे पनि दैनिक जीवनमा त्यसको प्रभाव देखिन बाँकी रहेको बताउनुभयो ।रोड्रिगेजले सम्झौताबाट २०४ अर्ब डलरभन्दा बढी कर राजस्व प्राप्त हुने दाबी  गर्नुभयो ।

    विश्लेषकहरूले भने पर्याप्त लगानी र उचित व्यवस्थापन भएमा सम्झौताले भेनेजुएलाको तेल उद्योग पुनर्जीवित गर्न र आर्थिक पुनरुत्थानलाई गति दिन सक्ने बताएका छन् । (रासस/एएफपी)

    आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.