• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

नर्वेका राजा हेराल्डको निधन


  •   शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
  • ओस्लो, १२ भदौ (रासस/एएफपी) । नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उहाँको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ ।

    Advertisement

    शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६ः३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो । उहाँ अगस्ट १७ देखि हेमोलिटिक एनीमियाको उपचारमा हुनुहुन्थ्यो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन, युवराज्ञी मेट्टे–मेरिटसहित परिवारका सदस्य अस्पताल पुग्नुभएको थियो । राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

    राजाको निधनको खबरपछि सर्वसाधारणले दरबारमा फूल चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँलाई सरल, आत्मीय र सबैलाई समेट्ने राजाका रूपमा स्मरण गरिएको छ ।

    राजा हेराल्ड सन् १९९१ मा सिंहासनमा बस्नुभएको थियो । पछिल्ला वर्षमा विभिन्न स्वास्थ्य समस्याका कारण उहाँले पेसमेकर राख्नुभएको थियो र आधिकारिक कार्यक्रमसमेत घटाउनुभएको थियो । यद्यपि संसद्समक्ष जीवनभर सेवा गर्ने शपथ लिएको भन्दै उहाँले पदत्याग गर्न अस्वीकार गर्दै आउनुभएको थियो ।

    राजाको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री जोनास गह्र स्टोरले जर्मनीको कार्य भ्रमण रद्द गर्नुभएको थियो । यसैबीच, शाही परिवार पछिल्लो वर्ष स्वास्थ्य समस्या र विभिन्न विवादका कारण चर्चामा रह्यो । रानी सोन्जा पनि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो ।

    युवराज हाकोनकी पत्नी मेट्टे–मेरिटको जेफ्री एपस्टिनसँगको सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो । उहाँका छोरा मारियस बोर्ग होइबीलाई बलात्कारलगायत ३२ अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको छ भने उहाँले फैसलाविरुद्ध अपिल गर्नुभएको छ ।

    राजा हेराल्डको सरल जीवनशैली र समावेशी भूमिकाका कारण उहाँ नर्वेली जनतामाझ लोकप्रिय रहनुभएको थियो । उहाँको निधनपछि युवराज हाकोनले राजगद्दी सम्हाल्नुभएको छ ।

    शुक्रबार, भदौ १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.